Wednesday, October 28

कसैप्रति दुषित भाव राख्दा आफ्नै मन ‘मैलो’ हुन्छ : महर्षि वाल्मीकि

August 16, 2020 145

महर्षि वाल्मीकि संस्कृत भाषाका आदि कवि हुन् । उनले ‘संस्कृत रामायण’को रचना गरेर विश्वप्रसिद्ध बने ।

ऋषिमुनि बन्नुअघि उनी एक डाकु थिए । त्यसबेला उनी रत्नाकरका नामले चिनिन्थे । रत्नाकरले आफ्ना सम्पूर्ण कुकर्म त्यागे । सत्यको बाटो रोजे । त्यसपछि उनी विद्वानका रुपमा कहलिए । उनका केही मननयोग्य भनाइहरु यस्ता छन्-

कसैप्रति दुषित भाव राख्दा आफ्नै मन मैलो हुन्छ ।
जसरी नदी बग्छ, त्यसरी नै विगत पनि फर्केर आउँदैन ।
समयभन्दा बलवान केही हुँदैन ।
खतराले ढोका ढकढक्याएन भने रोमान्चक र सफलताको सुरु हुँदैन ।
कुनै रिसमा भएपनि कहिल्यै अरुलाई अभद्र व्यवहार नगर ।
महत्वकाँक्षा भएको मन सधै रित्तो हुन्छ । उ नै सफलताको हकदार ।
जहाँ सहयोग र मेलमिलाप हुन्छ त्यहा नै बढी शक्ति हुन्छ ।
जहाँ कर्तव्यपालन भएको छैन त्यहाँ राम्रो कुरालाई पनि नराम्रो बुझिछ ।
अप्ठयारो परिस्थिति नै राम्रो भाग्य हो र अरुले गर्ने नकारात्मक आलोचना सप्लताको संकेत हो ।
अहंकार मानिसको सबैभन्दा ठूलो सत्रु हो, त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई रंकबाट राजा बनाइदिन्छ ।
प्रियजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्न थालियो भने यश हराउँछ ।
दुख र विपद, जीवनको यस्तो दुई पाहुना हुन्, जो विना निम्तो आउन सक्छन् ।
संसारमा यस्ता व्यक्ति धेरै कम हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।
कुनै वचन तोड्नाले अरु सबै सत्य कर्म पनि नष्ट हुन्छ ।
संघर्षले नै मानिस महान बन्छन् । यदि जीवनमा अगाडि बढ्ने हो भने संघर्ष गर्न जरुरी छ ।
असल व्यक्ति अरुलाई दुखबाट मुक्ति दिलाउन आफू दुख सहन्छ । तर, दुष्ट व्यक्ति अरुलाई सधै दुःखमा पार्नका लागि प्रयासरत हुन्छन् ।
नीच व्यक्तिको नम्रता पनि अत्यान्त दुखदायी हुन्छ, जसरी अंकुश, धनुष, सर्प र बिरालो झुकेर आक्रमण गर्छ ।

प्रतिकृया दिनुहोस्