Tuesday, October 27

नेपालले पनि पायो कोरोना भाइरस बिरुद्दऔषधिमा सफलता…..

August 16, 2020 79

काठमाडौँ, ३२ साउन । नेपालमा इबोलाविरुद्धको औषधि ‘रेमडिसिभिर’को प्रयोग सफल भएको दाबी गरिएकाे छ । काेराेना संक्रमित गम्भीर अवस्थाका विरामीमा प्रयाेग गरिने उक्त औषधि नेपालमा पहिलाेपटक भित्र्याउन अनुमति समेत दिइएकाे छ ।

विराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्र कार्कीमा रेमडिसिभिरकाे प्रयोग गरिएकाे छ । उक्त औषधिकाे प्रयाेगसँगै उनले स्वास्थ्यलाभ गरेकाे बताइएकाे छ । डा कार्कीमा कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौं ल्याइएकाे थियाे ।

रेमडिसिभरकाे कालाेबजारी हुन थालेपछि सरकारले पनि हालमै यो औषधी प्रयोगका लागि अनुमति दिएको छ । संक्रमितको उपचारका लागि नेपालमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका डा. कार्कीले नै यो औषधी बाहिरबाटर मगाएर आफूसँगै ल्याएका थिए । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले रेमडेसिभिर दिइएका डा. कार्कीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको बताएका छन् । नेपालमा प्लाज्मा थेरापी र रेमडिसिभिर दुवैकाे प्रयोगबाट कोरोना संक्रमितको उपचार करिब सफल नै रहेकाे चिकित्सकहरूकाे दाबी गरेका छन्‌ ।

नेपालमा स्वास्थ्य अनुसन्धान परिषद्‌ले यस औषधिकाे क्लिनिकल अध्ययनका लागि मात्रै प्रयोग गर्न सक्नेगरी अनुमति दिएको जनाएकाे छ । साथै औषधि व्यवस्था विभागले नेपालमा याे औषधि आयात गर्न अनुमति दिइसकेकाे छ । विदेशमा यस रेमडिसिभिरकाे प्रयाेग व्यापक गरिन थालिएकाे छ । याे बंगलादेश र भारतमा पनि उत्पादन हुन्छ

प्रतिकृया दिनुहोस्