Monday, November 23

प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई समेत कोरोना संक्रमण

August 16, 2020 175

काठमाडौँ, ३२ साउन । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका प्रहरीमा संक्रमण बढ्दै गएको छ ।महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत एक प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई समेत कोरोना संक्रमण भएको छ ।

शनिबार बिहान आएको रिपोर्टमा डीआईजीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायतले जानकारी दिनुभयाे । यद्यपि उहाँको अवस्था सामान्य छ । आइतबार बिहान १० बजेसम्म ६२० जनामा कोभिड–१९ देखिएको एसएसपी कडायतले जानकारी दिनुभयाे ।

अहिलेसम्म देखिएका संक्रमितमध्ये दुई सय ४० जना निको भएका छन् । अन्य सबै संक्रमित प्रहरीको अवस्था पनि सामान्य रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताउनुभयाे ।

सबैभन्दा धेरै प्रहरी प्रधान कार्यालयका एक सय ५५ जनामा संक्रमण देखिएको छ । संक्रमित प्रहरीहरु डिस्चार्ज हुने क्रम पनि बढेको छ ।

dhankuta khabar

प्रतिकृया दिनुहोस्