सोमबार १३ मंसिर २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय पार्टी कार्यालय थापाथलीमा सर्ने भएको छ । हाल धुम्बाराही पार्टी कार्यालय थापाथली सार्न लागिएको हो । दोस्रो चरणको चक्रपथ विस्तारले गर्दा धुम्बाराही आवतजावत गर्न समस्या हुन भएकाले पार्टी कार्यालय थापाथली सार्न लागिएको बताइएको छ ।

धुम्बाराहीबाट सार्न लागिएको पार्टी कार्यालय थापाथली हाइटस्थित सञ्जय अग्रवालको घरमा सार्न लागिएको हो । आज नै अग्रवालको घर भाडामा लिने विषयमा सम्झौता हुने स्रोतले जानकारी दिएको छ । यसअघि संयुक्त राष्ट्र संघ युएन वुमनको कार्यालय रहेको दुई तले उक्त घरमा १३ वटा कोठाहरु रहेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीबाट सार्ने विषयमा पाँच महिनादेखि छलफल चल्दै आइरहेको थियो भने कामको नेतृत्व उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले गरिरहेका रहेको थिए । आज नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त भवनको अनुगमन गर्न बताइएको छ ।

news18nepal

३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया