Sunday, October 25

कोरोनाका कारण फेरी एक महिलाको निधन

August 16, 2020 126

काठमाडौ । कोरोनाका कारण फेरी एक महिलाको ज्यान गएको छ । शनिवार राति धरानमा एक जना कोरोना संक्रमित महिलाको निधन भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनी मोरङको विराटनगरस्थित त्रिवेणी मार्गकी ५० वर्षीया महिला हुन् ।

श्वाँसप्रश्वाँस, थाइराइड र मुटु सम्बन्धी समस्या भएकी महिलालाई कोरोना समेत पुष्टि भएको थियो । उनलाई शनिवार राति बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको थियो । अस्पताल लगिएको एक घण्टामै उनको निधन भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डाक्टर निदेश सापकोटाले उनी अस्पताल ल्याउँदा नै गम्भिर अवस्थामा थिइन् ।

कोरोनाका कारण अवस्था थप जटिल बनेपछि उनलाई न्यूरो अस्पताल विराटनगरले बिपीमा रिफर गरेको थियो। विराटनगरमा उपचार सुरु गर्नुअघि उनले भारतमा उपचार गराएको पाइएको छ।

nepali viral news

प्रतिकृया दिनुहोस्