सोमबार २७ बैशाख २०७८

काठमाडौं । सरकारले आगामी बर्ष अर्थात ०७८ सालमा सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ । सरकारले अघिल्लो तीन बर्षदेखि कटौती गरेका केही पर्वको विदा यस पटकबाट फेरि दिने भएको छ ।

जस अनुसार, तीन बर्ष अघि प्रधानमन्त्री ओली हुँदा कटौतीमा परेका चार वटा चाडपर्व बिदा पुन कायम भएको राजपत्रमा प्रकाशन भएको छ । योसँगै ०७८ सालमा शनिवार बाहेकका सार्वजनिक बिदा २३ दिन हुने भएको छ ।

०७८ सालको बैशाखदेखि चैत मसान्तसम्ममा जम्मा २३ दिन सार्वजनिक बिदा दिने सरकारको तयारी छ । बैशाखमा नयाँ बर्ष, भदौ ६ गते रक्षाबन्धन, असोज २१ गते घटस्थापना, कार्तिक २४ गते छठ पर्व, माघ १ गते माघे संक्रान्ति र फागुन पूर्णिमाका दिन १७ गते सार्वजनिक बिदा दिइने भएको छ ।

यस बर्ष बडादशैँ पर्व असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

कार्तिक कृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

यता गृह मन्त्रालयले भने ०७८ सालका केही पर्वहरुमा तीन बर्ष अघि कटौती गरिएको बिदा फेरि कायम गरेसँगै ४ दिन बिदा थपिने भएको हो । जसअनुसार जनैपूर्णिमा, दसैँको घटना स्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।

जस अनुसार ६ भदौ जनैपूर्णिमा, २१ असोजको घटनास्थापना र १ माघको माघे संक्रान्तिमा देशभरि बिदा हुनेछ  । त्यस्तै, तिहार भाइटीकाको भोलिपल्ट २१ कात्तिकमा पनि राष्ट्रिय बिदा हुनेछ ।

अन्य विदा भने कायमै राखिएको छ । जस अनुसार,०७८ सालमा ५२ वटा शनिवारसमेत जोड्दा ७५ दिन सार्वजनिक बिदा हुनेछ । यस्तै सम्बन्धित धर्म, संष्कृति भौगोलिक क्षेत्र र स्थान विशेषका आधारमा विदा हुनेछ ।

महिला कर्मचारीहरुका लागि मात्र, शिक्षण संस्था मात्र, काठमाडौं उपत्याकामा मात्र गाइजात्रा, इन्द्रजात्रा, भोटो देखाउने जात्रा र घोडा जात्राको अवसरमा बिदा हुनेछ । यस्तै ५ दिन विभिन्न पर्व तथा दिवस विदा दिइनेछ ।

news18nepal

१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया