शुक्रबार १० बैशाख २०७८

काठमाडौं। क्यान्सर पीडित नारायण भण्डारी बचाउ अभियान शुरू गरिएको छ । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ निवासी १६ वर्षीय भण्डारी लामो समयदेखि ‘ब्रेन ट्यूमर’को समस्यासँग जुधिरहेका थिए । हाल उनको राजधानीको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भैरहेको छ। अस्पतालका अनुसार उनको स्वास्थ्य असामान्य छ ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण देश विदेशबाट भण्डारीलाई बचाउन कदम चालिँदै सहयोग रकम समेत उठ्न थालेको बताइएको छ । उनलाई पुर्नजीवन दिलाउन आर्थिक सहयोगका लागि ‘भण्डारी बचाउन अभियान’ पनि शुरू गरिएको हो। इच्छुकलाई आर्थिक सहयोगका लागि आग्रह गरिएको छ।

सहयोग गर्न चहानेले बालकृष्ण वली (ग्लोबल आईएमई बैंक) ५७०७०१०००८७०७० को खाता नम्बरमा रकम जम्मा गर्न सकिनेछ । थप जानकारीका लागि विमलराज डाँगीलाई ९८५७८५७०४४ मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

८० पटक हेरिएको

तपाईको प्रतिक्रिया