शुक्रबार १० बैशाख २०७८

काठमाडौं – नेकपा एमालेमा अन्तर्संघर्ष चलेर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आपत पारेका बेला नेता माधवकुमार नेपालले पशुपतिनाथको शरणमा पुगेका छन् ।

हिजो आईतबार बिहान नेता नेपालले पत्नी गायत्री नेपालसँगै पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरेका छन् ।

कुनै बेला काठमाडौंमा होलिवाइनको कार्यक्रम गर्न नेतृत्वकारी भूमिका खेलेका नेता नेपालको आलोचना भएको थियो । अहिले आपतका बेला नेता नेपाल पशुपतिनाथको शरणमा पुगेका हुन् ।

आईतबार बिहान ९ बजे पशुपतिनाथ पुगेर नेता नेपालले विशेष पूजा गरेका मन्दिर स्रोतले जनाएको छ । पशुपतिनाथ दर्शन गरेर टीका र माला लगाएर उनी बाहिर निस्किएका थिए ।

तत्कालीन नेकपाका नेता माधवकुमार नेपालले काठमाडौंमा आयोजित एक सभामा बोल्दै पशुपतिनाथले ओलीलाई क्षमा नदिने अभिव्यक्ति दिएका थिए । उनी पक्षधर नेताहरूले पशुपतिनाथबारे नकारात्मक टिप्पणी समेत गर्दै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको विशेष पूजा गरेपछि तत्कालीन नेकपाभित्र तरंग आएपछि नेपालसहित कम्युनिस्ट नेताहरूले पशुपतिमाथि प्रहार गरेका थिए । ‘धर्मलाई अफिम’ मान्ने कम्युनिस्ट नेताहरूको पशुपतिनाथको दौडमा निस्किनुलाई अर्थपूर्ण रूपमा हेर्न थालिएको छ । मिडिया डबलीबाट साभार

३४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया