Wednesday, January 20

पित्तथैलीको पत्थरीको शल्यकृया गर्न गएकी महिलाको चिकित्सकले आन्ध्रा का’टिदिएपछि निधन, प्रहरीले जव’रज’स्ती उठायो शव…पुरा बिबारण सहित पढ्नुहोस

August 16, 2020 171

काठमाडौं । जनकपुरमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको ज्यान गएको भन्दै आफन्तले विरोध गरेका छन् । जनकपुरको नवजीवन हस्पिटलमा पत्थरीको शल्यकृयाका लागि पुगेकी एक महिलाको चिकित्सकले शल्यकृयाका क्रममा आन्ध्रा का’टेका कारण निधन भएको आरोप छ । मृ’तकका आफन्तले चिकित्सकको लापरवाहीले महिलाको निधन भएको भन्दै अस्पतालमा प्रदर्शन समेत गरेका छन् ।
उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीका माग गर्दै शव उठाउन अस्विकार गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । उपचारका ३५ वर्षीया रुकमणी सदा निधन भएको हो ।

पित्त थैलीको शल्यकृया क्रममा चिकित्सकले आन्द्रा का’टेपछि जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाणटोलकी रुकमणी सदाको बिहीबार साँझ ज्यान गएको हो । चिकित्सकको लापरवाहीको कारण अनाहकमा महिलाको ज्यान गएको भन्दै आफन्त र स्थानिय विरोधमा उत्रिएका थिए । दोषी हस्पिटलमाथि कारबाही, घटनाको छानबिन गर्न समिति गठन, क्षतिपुर्ति लगायतका चार सुत्रीय माग गर्दै परिवारका सदस्यले शव उठाउन नदिएका कारण तीन दुई देखि अस्पतालमै शव राखिएको थियो ।

तर प्रहरीले शुक्रबार बल प्रयोग गरेर शव उठाएर पोष्टमार्टमका लागि लिएर गएको छ । विरोधमा उत्रिएका आफन्त र परिवारका सदस्यलाई प्रहरीले ला’ठीचा’र्ज गरेर शव उठाएको हो । यसअघि बिहीबार राति पनि मृ’तकका आफन्त र स्थानीयले प्रदर्शन गर्दा प्रहरीले ला’ठी चा’र्ज गरेको थियो । घटनामा करिब आधा दर्जन घाइते भएका थिए ।

यता धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले २४ घण्टा हुँदा समेत शव नउठाउँदा ग’न्हा’उने अवस्था आएकाले बल प्रयोग गरेर उठाएको प्रतिकृया दिएका छन् । उनले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा लगिएको उनको भनाई छ ।

एकसाता अघि जनकपुरकै रामजानकी अस्पतालमा फरक समुहको र’गत चढाउँदा अर्की एक सुत्केरीको पनि निधन भएको थियो । ओ ग्रुपको र’गत चढाउनुपर्ने महिलालाई बी पोजेटिभ र’गत चढाउँदा महोत्तरीको गौशाला नगरपालिका ८ भरतपुरकी २३ वर्षीय सुत्केरीको निधन भएको थियो।

प्रतिकृया दिनुहोस्