शुक्रबार १० बैशाख २०७८

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर पुनः आफ्नो प्राकृतिक घर जंगल पसेको छ।

उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई पटक/पटक आ’क्रमण गरेको सूचनाका आधारमा समातिएको थियो। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गरि (गो;ली हानी लठ्याएर) समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो।

बार्डेन शाहका अनुसार त्यसरी राखिएको बाघ मंगलबार बिहान ४: ४५ बजेसम्म उक्त खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ। बाघको अनुगमनको लागि निकुञ्जले राखेको सिसी टिभी फूटेजमा बाघले खोरको डंडी (एंगल) बंगाएर बिहान सवा ६ बजेतिर खोरबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा जंगलमा गएको देखिएको वार्डेन शाहले सेतोपाटीलाई बताए।

‘बाघ भागेको भन्न मिल्दैन बरू त्यो बाघ चिडियाखानाबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा गएको हो,’ शाहले भने, ‘ऊ त आफ्नो घरमा गएको हो, बरू हामीले पो उसलाई थुनेर राखेका थियौं।’

उक्त खोर आर्थिक बर्ष २०७४/७५ मा निर्माण गरिएको शाहले बताए। बाघ निस्किएर आफ्नो प्राकृतिक जन्मस्थल बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको देखिएको पनि शाहले जानकारी दिए। बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको शाहले बताए।

‘हाम्रा बिभिन्न चेक पोष्टमासमेत कहीँ कतै उक्त बाघ देखापरे तत्काल निकुञ्जमा सूचना दिन हामीले आग्रह गरेका छौं,’ शाहले भने, ‘त्यसो हुन सकेमा हामीले उक्त बाघलाई धपाउँदै (डोर्‍याउँद) उस्को प्राकृतिक बासस्थानमा पुर्‍याउन प्रयास गर्नेछौं।’

त्यसका साथै सर्वसाधारणलाई साईकल, मोटरसाईकल, अटो रिक्सा जस्ता सवारी साधानमा यात्रा नगर्न सजग गरिएको उनले बताए। सेतोपाटी बाट

४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया