सोमबार ०६ बैशाख २०७८

लस एन्जलस । अमेरिकी मोडल तथा कस्मेटिक बिजनेस ओमन काइली जेनर ग्ल्यामरस लुकका कारण सधैं चर्चामा रहने सेलिब्रेटी हुन् । सामाजिक सञ्जालमा पनि उनको लोभलाग्दो फ्यान फलोइङ छ । काइली अहिले फेरि चर्चामा आएकी छन् ।

चर्चाको कारण अहिले उनकै मेकअप आटिस्टको सर्जरी भएको छ । जसको लागि उनले ट्वीटमार्फत फ्यानसँग चन्दा अपिल गरेकी छन् । सोही कारणले काइली अहिले ट्रोलको शिकार समेत भइरहेकी छन् ।

मिडिया रिपोर्टका अनुसार अर्बपति काइली जेनरले ट्वीटमा सर्जरीका लागि ६० हजार डलरको आवश्यकता भएको, ५ हजार डलर आफुले दिएको र बाँकी रकम सहयोगको अपिल गरेकी छन् । काइलीको यो ट्वीट पनि कयौंले उनको कुरा काट्न थालेका छन् ।

एकजना यूजरले उनलाई लेखका छन्, ‘एउटी अर्बपति, जो एक दिनमा साढे चार लाख डलर कमाउँछिन्, उनी आफ्नो साथीको लागि ६० हजार डलर दिन तयार छैनन् । धिक्कार छ काइली ।’ अर्काे युजरले लेखका छन्– ‘काइलीको लागि सम्मान सकियो । किनभने जो सजिलै ६० हजार डलर दिन सक्छिन् । त्यही फ्यानसँग दान मागिरहेकी छन् ।’

swadeshmedia

९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया