शुक्रबार ३१ बैशाख २०७८

काठमाडौ । बागलुङको तित्याङस्थित मनकामना मन्दिरवाट लाखौं मुल्य बराबरको मालसामान चोरी भएको छ । अज्ञात समूहले बुधवार राति मन्दिरमा रहेका लाखौं मूल्यका सामग्री चोरी गरेको प्रहरीले जनाएको छ ।

बागलुङ नगरपालिका–९ तित्याङको स्वामी डाँडास्थित मन्दिरबाट रु तीन लाख बराबरको सामान चोरी भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए। पुजारी साँझ पुजा गरेर घर गए पछि चोरी भएको हुनसक्ने उनको भनाई छ ।

विहान पुजारी पुजा गर्न मन्दिर आउँदा सामग्री हराएका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो । मन्दिरको ढोका अघि राखिएको २५ किलोको एक थान, १० किलोको एक थान र ७ वटा अन्य साना घण्टी चोरी भएको हो ।

उनका अनुसार मूर्ति ढाकेको तामाको पाता, १० हजार नगद, तीस वर्षदेखि चढाउँदै आएको सिक्का पैसा, तामाको अङ्खोरा चोरी भएको छ। पुजारीले बुधबार साँझ पूजा गरेर गएपछि मन्दिरमा चोरी भएको बताइएको छ। आज बिहान जाँदा मन्दिरका सामग्री चोरी भएको पाइएको पुजारीले जानकारी दिएका छन्।

शौचालयको ताला फोरेर भित्र तोडफोड गरिएको छ। चोर्न आउने व्यक्तिले मन्दिरमा रुमाल छोडेको बताइएको छ। चोर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।

१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया