शनिबार ०४ बैशाख २०७८

गुल्मी । धेरै सपना बुनेर मनमा आशाको पोको बोकेर श्रीमान बिदेश जान्छन तर श्रीमती अर्कैको मिठो वचनमा बिकेर घर तथा बालबच्चा छोडेर जाने यो समाचार कुनै नौलो होइन । सायद हाम्रो देश नेपालमा यस्ता समस्या धेरै हुने गर्दछन र भैरहेका पनि छन ।

त्यस्तै गुल्मी जिल्ला मुसिकोट नगरपालिका १ पौदी पास्तीमा करिब २ वर्ष पहिले प्रेम गरेर बिहे गरेकी मनिसा बिक करिब ३ महिना देखि बेपत्ता छिन । श्रीमान कामको सिलसिलामा प्रदेश रहेका दिपेन्द्र बलामी घरमा आउदा शून्य भयो छोरीको आमा नहुदा एक्ली छोरी हजुरआमाको

काखमा रोएको सुन्दा उराठ लाग्यो भनेर दिपेन्द्रले बताउछन् । करिब २० वर्षका दिपेन्द्र कामको सिलसिलामा प्रदेशिएका थिए यता श्रीमतीले ७ महिनाको बच्चा छोडेर हिडिदिए पछि आफुलाई धेरै दुखी भएको कुराले सबैको आखामा आँसु रसाउछ । यी र यस्ता घटनाहरु नेपाली समाजमा निकै हुन थालेका छन् ।

परदेशमा आफ्नो श्रम खर्चिएर कमाएको पैसा परिवारका लागि पठाएका र श्रीमतीले हिनामिना गरेर हिँडेका पनि उदाहरणहरु छन् । २ वर्षको काखे बालक छाडेर मनिसा बेपत्ता भएपछि अहिले ती बालकको विचल्ली भएको छ । आमाको न्यानो काख र ममतामा हुर्किने बालकले आफ्नी आमाको काख छोड्नुपरेको छ । भिडियो हेर्नुहोस

 

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया