सोमबार ०७ आषाढ २०७८

काठमाडौ । बाँकेमा एक जनाले छोराको विवाहमा दाइजो स्वरुप मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई ज ला एका छन् । घटना भएको ७ वर्ष पछि प्रहरीले ति ससुरालाई पक्राउ गरेको छ । बाँके नरैनापुरका हनिफ शेष (ढपाली) लाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको हो । उनले छोराको विवाहमा वुहारीको माइतवाट दाइजो स्वरुपमा मोटरसाइकल नल्याएको भन्दै ज ला ए का थिए ।

घटनामा सासु, ससुरा र श्रीमानको संलग्नता थियो । घटनामा प्रहरीले ७ वर्ष पछि ससुरालाई पक्राउ गरेको हो । थिए । प्रहरीका अनुसार दाइजोमा मोटरसाईकल नल्याएको भन्दै ससुरा हनिफ, श्रीमान् फरिद शेष ढपाली र सासु सजहाद खाँले घटना गराएका थिए । घटना २०७० चैत्र २ गतेको भएको प्रहरीले जनाएको छ । घटनामा प्रत्यक्ष संलग्न श्रीमान् फरिद र सासु सजहाद अझै प्रहरीको सम्पर्कमा छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीको भनाई छ ।

घाइते भएकी बुहारी भने लामो समयसम्म काठमाडौँमा उपचार भएर बाँच्न सफल भएकी थिइन् । नरैनापुर गाउँपालिकाको वडा नम्बर– १, सुइया आसपासमा लुकिछिपी बसेको सूचना पाएपछि पुगेको प्रहरीले ससुरा हनिफलाई नियन्त्रणमा लिएको हो ।

घटनापछि हनिफका परिवार नै भारतमा गएर बसेका थिए । नेपाल प्रहरीले पटक–पटक प्रयास गर्दा पनि भारतीय प्रहरीले सहयोग नगर्दा ढपाली परिवारलाई पक्राउ गर्न सकिएको थिएन ।

express98media

१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया