Saturday, October 31

अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित थपिए

July 23, 2020 118

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले गएको २४ घण्टामा ६१ हजार २८८ जना संक्रमित थपिएको बताएको हो । त्यस्तै गएको २४ घण्टायता मात्र ४८८ जनाको यो संक्रमणका कारण ज्यान गएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ । यहाँ संक्रमितको संख्या अझै धेरै हुनसक्ने अनुमान पनि गरिएको छ ।

कोरोना भाइरसबारे विश्वव्यापी तथ्यांक संकलन गरिरहेको जोन हप्किन्स विश्वविद्यायका अनुसार यसअघि यहाँ अहिलेसम्म संक्रमितको संख्या ३८ लाख नाघेको छ । उक्त विश्वविद्यालयले यहाँ १ लाख ४० हजार ९२२ को ज्यान गइसकेको छ । गएको २४ घण्टामा मात्र यहाँ ४८८ जना संक्रमितको मृत्यु भएको बताइएको छ ।

संक्रमण तीव्र भएपछि केही राज्यले व्यापार व्यवसाय सुचारु गर्ने योजनापछि सारेका जनाइएको थियो । तर पछि आएर धेरै राज्यमा व्यापार व्यवसाय पनि शुरु भएको छ । यसरी अमेरिका कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित भएको देशका रुपमा रहेको छ । सोमबार मात्र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मास्क लगाउन सबैलाई अपिल गरेका छन् ।

Source Annapurna Post

प्रतिकृया दिनुहोस्