
काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा भेटिएका दुई पुरुषको शवको पहिचान खुलेको छ।
मृत अवस्थामा फेला परेका युवकहरु नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भएका अन्दाजी १७ / १८ वर्षीय मंगल तामाङ रहेको प्रहरीले जनाएको छ।
उनीहरुमध्ये अर्जुनको शव आफन्तलाई जिम्मा लगाइएको र मंगलको आफन्तसंग सम्पर्क गरिएको प्रहरीले जनाएको छ।
उनीहरुको शव खहरेको खोँचमा ५० मिटरको दुरीको फरकमा फेला परेको थियो। घटनास्थलमा विषादीका बट्टा भेटिएका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
sunaulonepal