बिहिबार ०९ बैशाख २०७८

काठमाडौं – सत्तारूढ नेकपा एमाले र जनता समाजवादी पार्टीको एउटा खेमाबीचको वार्ता सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महत्तोलगायतबीच मंगलबार बालुवाटारमा भएको वार्तामा कुनै ठोस सहमति नभएपछि छलफललाई निरन्तरता दिने समझदारी भएको छ ।

प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा भित्र्याउने पहल गरिरहेका छन्। जसपाकै अर्को खेमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताले ओलीविरुद्ध गठबन्धन बनाउन जोड दिइरहेका बेला पूर्वराजपाका नेताहरु भने ओलीसँगको सहमतिमै अघि बढ्ने मनस्थितिमा छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नलिए पनि मन्त्रीहरू फिर्ता गरिसकेको छ।

एमाले र जसपा मिल्दा संसदमा बहुमत पुग्ने अवस्था छ। तर सरकारलाई समर्थनका लागि जसपाले संविधान संशोधन, मधेश आन्दोलनका बेला विभिन्न व्यक्ति उपर लागेको मुद्दा फिर्ता, रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रममा भएको दमन छानबिन गर्न गठित सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक, नागरिकतासम्बन्धी कानुनमा संशोधनलगायतका माग राखेको छ ।

sunaulonepal

७० पटक हेरिएको

तपाईको प्रतिक्रिया