Sunday, October 25

आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय

August 15, 2020 153

भक्तपुर । पछिल्लो समय कोरोना भाइरस संक्रमित हुने स्थानीय वासिन्दाको संख्या बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ।

मध्युपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन बन्द गराउने निर्णय गरेको हो। कोरोना संक्रमितको संख्याको हिसाबले मध्यपुर थिमि नपा जिल्लामै पहिलो स्थानमा रहेको छ।

उसले भक्तपुर काठमाडौं ६ लेन सडकमा समेत सार्वजनिक यातायातका साधन सञ्चालन नगर्न संघीय सरकारसँग आग्रह गरेको छ। उक्त सडकमा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि मध्यपुर थिमि नगर क्षेत्रभित्र कुनै पनि यात्रु चढाउने र ओराल्न नपाइने निर्णय गरेको छ।

समितिको निर्णय सार्वजनिक गर्दै नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगर क्षेत्रअन्तर्गत भक्तपुर काठमाडौं ६ लेन सडकको पूर्व हनुमन्ते खोला पुलदेखि पश्चिम मनहरा खोला पुलको हकमा सार्वजनिक यातायात रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी सार्वजनिक यातायात आवतजावत गर्न दिइने जानकारी दिए।

उनले अत्यावश्यकबाहेकका सम्पूर्ण पसल व्यवसाय बन्द गर्ने र गराउने समितिले निर्णय गरेको बताए। अति आवश्यकीय खाद्यान्न, पानी, तरकारी, औषधि, ग्यासका पसल व्यवसायभ ने बिहान ११ देखि दिउँसो १ बजेसम्ममात्रै खोल्न पाइने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए।

भदौ १ गतेबाट फेरि लकडाउन गर्ने निर्णय

कोभिड १९ (कोरोना) भाइरस संक्रमण फैलन नदिनका लागि सिन्धुपाल्चोकमा भदौ १ गतेबाट फेरि लकडाउन हुने भएको छ। आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति को वैठकले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनुका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराइने निर्णय भएको छ।

यो सँगै भदौ १ देखि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाउने छैनन् । त्यस्तै, सार्वजनिक सवारी साधन बन्द हुने छ । सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन् ।

होटल तथा रेष्टुरेन्ट, विद्यालय, सभा, गोष्ठी, तालिम सेमिनार, प्रदर्शन, शैलुन, खेलकुद गतिविधि सञ्चालन गर्न पाइने छैन । लकडाउनको समयमा सबे नागरिक सामाजिक दुरी कायम गर्दै घर भित्रै बसिदिन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अनुरोध गरेका छन् ।

अत्यावश्यक परेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएपछि मात्रै सवारी चलाउन पाइने प्रजिअ ढकालले जानकारी दिए । त्यस्तै बैंक, गैर सरकारी कार्यालय आवश्यक सेवा प्रदान गर्न दिनको ११ देखि २ बजेसम्म सञ्चालन गर्न दिइनेसमेत निर्णय भएको छ ।

sandesh manch

प्रतिकृया दिनुहोस्