आइतबार १२ मंसिर २०७८

काठमाडौँ, – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सडकबीचमा फ्याँकिदिएको बताएका छन् ।

आज छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अब आफूले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने बताएका हुन । उनले भने, म ३६ वर्षमा पार्टीको महासचिव भएको मान्छे । जनयुद्ध शुरू गर्दा ४२ वर्ष थिएँ र शान्ति प्रक्रियामा आउँदा ५२ वर्षको थिएँ । अब पनि मेरो लडाइँ सकिएको छैन । म बाँचुन्‍जेल लड्ने नै भएँ । अन्तिम समयसम्म लडिराख्छु । परिणाम जनताको पक्षमा आउने छ ।

प्रचण्डले फेरि एकपटक आफ्नो कुर्सी हटाइएको प्रसंग निकाल्दै उनले भने, ‘मैले केन्द्रीय समिति वैठक नराम्रोगरी चलाएँ भनेर केपीजी नराम्रोसँग रिसाउनुभो । अनि एकदिन त मेरो कुर्सी नै हटाइदिनुभएछ । दुईवटा अध्यक्ष एकातिर बस्ने, अनि सातजना सचिवालयका दुईपट्टि बस्ने चलन थियो । यसलाई मैले देखाइदिुन्छु भनेर माधवजीसँग भन्नुभएछ । र कुर्सी हटाइदिनुभएछ ।

हामी सिंहदरबार वरिपरी घुम्ने भइया थ्यो । उहाँले संसद विघटन गरेर हामीलाई सडकमा पुर्‍याइदिनुभो । आफूमा लागेको धुलोमैलो टक्टकाउँदै हामी जनताको बीचमा उभिएका छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मानसिक अवस्था ठिक नभएको भन्दै चर्को आलोचना गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि थापा आक्रोशित भएका हुन् । थापाले प्रचण्डलाई डिप्रेसनमा परेको भन्दै मानसिक अवस्था बिग्रेको समेत संकेत गरेका छन् ।

प्रचण्डले त्यस्तो भाषण गरेको भोलिपल्ट सोमबार (आज) बिहान आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै एमालेका केन्द्रीय सदस्यसमेत रहेका थापाले आक्रोश पोखेका हुन्।थापाले लेखेका छन्, ‘तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलौज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन

pathivaranews

१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया