Friday, October 23

बाइक मिस्त्री यि बुढाबुढीको रोमाञ्चक प्रेम कहानी,हेर्नुहोस् भिडियो

August 15, 2020 152

काठमाडौं । सामान्यतः महिलाहरु घरायसी कामकाजमै अल्झिन्छन् । तर, काठमाडौंको सामाखुशी पुग्दा भने हामीले एक महिला ग्यारेजमा मोटरसाइकल, स्कुटर मर्मत गरिरहेको देख्यौं । उनको नाम हो ललिता आले । उमेरले झण्डै ४५ वर्षकी ललिता आलेले यसरी मोटरसाइकल मर्मत गर्न थालेको झण्डै १० वर्ष भएछ ।

उनका गुरु हुन् उनकै श्रीमान शिव आले । गोरखा घर भइ हाल सामाखुशीमा गोरखाली मोटरसाइकल वर्कसप चलाउँदै आएको यो दम्पत्तीले सँगै काम गर्छन् । ‘मान्छे राख्दा पनि पैसा दिनुपर्छ, काठमाडौं जस्तो ठाउँमा आफैंलाई खर्चले पुग्दैन, यसो सहयोग गर्दागदै मैले पनि श्रीमानसँगै ग्यारेजमा काम गर्न थालें’, ललिताले भनिन् ।

शिवले मोटरसाइकल र स्कुटरको सबै किसिमको समस्याको समाधान गर्छन् । ललिताले इञ्जिनको काम बाहेक अरु सबै गर्छिन् । ग्यारेजमा आउने कतिपय सेवाग्राहीले ललिताले मोटरसाइकल मर्मत गर्छिन् भन्ने नै विश्वास गर्दैनन् । ‘कतिले त पत्याउँदैनन्, महिलाहरुले यसरी काम गरेको देखेका हुँदैनन् नि, विश्वास गरेनन् भने बस्नुस् म उहाँ ९श्रीमान०लाई बोलाईदिन्छु भन्छु’, ललिताले भनिन् ।

प्रतिकृया दिनुहोस्