शनिबार ०४ बैशाख २०७८

काठमाडौं : मानिसको भाग्य, आनीबानी लगाएत बिभिन्न कुराहरु जन्मवार, महिना र समयले निर्धारण गरेको हुन्छ। को कुन बार र कति बेला जन्मेका हुन्, उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन्। कुनबार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्रको विषयमा विभिन्न श्रोतबाट जानकारीहरु लिएका छौ।

आउनुहोस् हेरौं सोमबार जन्मने महिला तथा पुरुषको बानि कस्तो हुन्छ :-

– सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ।

– तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ।

– तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ।

– सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ।

– तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ।

– हुन त तपाई सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ।

thenepaltop

 

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया