बिहिबार १६ मंसिर २०७८

काठमाडौं

बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भागरथी ह त्या प्र करणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताएका

छन् । आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी ह त्या

प्र क रणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन् । दिनेशले घ टनामा आफ्नो संलग्नता नरहेको र ड राइ ध म्क्याएर साबिती बयान

दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए । दिनेशले अ प राध अस्वीकार गर्दै अन्य दुई जनामाथि ह त्या आ रोप लगाएका छन् । उनीहरुले

बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आ रोप छ । आफू विद्यालयबाट घर फर्किंदा भागरथीका ह त्या रा देखेको

र उनले आफ्नो घाँ टीमा च क्कु राखेर घ टनाबारे बाहिर भन्यौँ भने तिमी, तिम्रो बुवा र भाइलाई मा र्छौं भन्दै ध म्की दिएपछि मैले अपराध स्वीकारेको

अभियुक्त दिनेश भट्टका बुवा दीपक भट्टले बताएका छन् । दिनेशले ह त्याराको आरोप लगाएका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी

रहेको र अर्कोलाई नचिनेको दिनेशका बुवाले बताएका छन् । बलात्करपछि हत्या अभियोगमा दीपायलस्थित बाल सुधार गृहमा रहेका दिनेश भट्टले फोन सम्पर्कमा

अ पराध अस्वी कार गरेपछि दिनेशका बुवा उनलाई भेट्न सुधार गृहमा पुगेका थिए । दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको

दाबी गर्दै घ टनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ । गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बला त्कारपछि

ह त्या भएको थियो । भागरथी र दिनेश दिदीभाइ हुन् । दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए। गत

माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निर्वस्त्र र वीभत्स अवस्थामा मृ त फेला परेकी थिइन् ।

dailylokmandu

 

२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया