शनिबार ०४ बैशाख २०७८

काठमाडौ । नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै विवादित बनेको छ । ‘दोहोरी च्याम्पियन’ को पहिलो एपिसियोड नै आलोचना नै आलोचनाले भरिएको छ ।

हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो ।
‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आलोचित बनेको हो । आलोचनाको मुख्य कारण भने यस शोका जजहरू नै हुन् ।

लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आलोचना र व्यङ्ग्य गरेका छन् ।

त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि जी लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन्

कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया