Sunday, January 17

पाँचथरको मृदुंगा (मिलुङ) झरनामा स्वास्थ्य सावधानी नै नअपनाई, (विडियो हेरनुहोस)

August 15, 2020 139

 

कोरोना भाइरसको संक्रमणका कारण हुनसक्ने महामारीको जोखिम न्यूनीकरण गर्न देशभरका पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलमा मानिसको आवागमन र भिडभाडमा प्रतिबन्धित लगाइएको छ । तर पाँचथरको मृदुंगा झरनामा भने स्वास्थ्य सावधानी नै नअपनाई दैनिक करिब एक हजार मानिस भेला हुदै आएका छन् । तर, स्थानीय प्रशासनले भिड रोक्न सकेको छैन ।

 

यो दृश्य पाँचथरको मृदुंगा झरनामा साउन २४ गते देखिएको हो । फोटो भिडियो खिच्ने, नुहाउने र रमिता हेर्ने कसैले पनि र भौतिक दूरी कायम गर्ने, मास्क लगाउने जस्ता कोरोना भाइरसको महामारीको जोगिने सामान्य सावधानीसमेत अपनाएका छैनन् । स्थानीय बासिन्दाका अनुसार यो झरनामा दिनहुँ यस्तै भिड हुने गरेको छ । मध्य पहाडी राजमार्गले छोएको यो झरनामा दृश्यावलोकन गर्नेको भिड बढ्न थालेको हो । महामारी फैलिन सक्ने सम्भावित जोखिमको पूर्व अनुमान लगाउँदै सरकारले छिमेकी जिल्ला र मुलुकबाट आवागमन प्रतिबन्ध लगाएकै अवस्थामा पनि टाढा-टाढाबाट मानिस  यहाँ आउँने गरेका छन् । यस्तो भिडभाडले महामारीको जोखिम बढाउने चिकित्सकको भनाइ छ  । कोरोना भाइरसको महामारी फैलिन नदिन स्थानीय प्रशासनले यस्ता भिडभाड रोक्नुपर्ने आवश्यकता देखिएको छ ।

kantipur

 

 

प्रतिकृया दिनुहोस्