Tuesday, October 27

कोरोना संक्रमण बढेको भन्दै राजविराजमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु एक जनाको मृत्यु

July 23, 2020 185

कोरोना संक्रमण बढेको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराजमा आज (बिहीबार) बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गरेको विज्ञप्तिअनुसार जिल्लामा ४०४ जनाका कोरोना संक्रमण भइसकेको र तीमध्ये राजविराजमा एक जनाको मृत्यु भएकाले यस नगरिपालिकामा अर्काे आदेश नहुँदासम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सबै गतिविधि निषेध गरिएको उल्लेख गरिएको छ।

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कडा कारबाही गरिने चेतवानी पनि विज्ञप्तिमा दिइएको छ।

विज्ञप्ति हेर्नुहाेस् :

rrrrr

Source Nepalkhabar

प्रतिकृया दिनुहोस्