शुक्रबार ०७ माघ २०७८

वास्तुशास्त्रमा उल्लेख उपायको पालना गरेमा घर र जीवनमा रहेको नकारात्मक उर्जाको असर नष्ट भई सकारात्मक उर्जा पाउन सकिन्छ । वास्तुमा आर्थिक समस्यादेखि रोजगारीमा आउने समस्यासम्म समाधानकालागी उपाय सुझाइएको हुन्छ । यस्तै वैवाहिक जीवनमा आउने समस्या नष्ट गरी पति पत्नीबीच सम्बन्ध सुधार गर्न वास्तुमा केहि उपाय सुझाईएको छ ।

१. राधाकृष्णको तस्वीर:पूजा कोठाका अलावा घरका अन्य भित्तामा समेत देवीदेवताका तस्वीर राख्ने गरीन्छ । तर देवीदेवताको तस्वीर कुन दिशामा राख्ने यसको जानकारी भएमा शुभफल प्राप्त गर्न सकिन्छ । यस्तोमा वैवाहिक जीवनमा आएको समस्या कम गर्न वा पतिपत्नीबीच लामो समयदेखि हुदै आएको विवाद नहोस् भन्न राधाकृष्णको तस्वीर बेडरुममा राखेमा दाम्पत्य जीवन सुखमय बन्ने छ । तर अन्य देवीदेवताको तस्वीर भने राख्नु राम्रो मानिदैन ।

२. यस्तो तस्वीर होस्:पतिपत्नीको बेडरुममा राखिने राधाकृष्णको तस्वीर दुबैले एकअर्कालाई प्रेमभावले हेरेको हुनु पर्दछ । साथै तस्वीर राख्दा स्मरण रहोस्, उक्त तस्वीरमा केवल राधाकृष्ण मात्र हुन् गोपिनीहरु नहुन् । यस्तो तस्वीर राखेमा दम्पतीबीचको खटपट अन्त्य हुने वास्तुको विस्वाश छ ।३. यसरी राख्नुहोस्:पतिपत्नीको बेडरुममा राख्ने राधाकृष्णको प्रेम भावना भएको तस्वीर बेडरूम त्यस भित्तामा राख्नुहोस् । जहाँ कोठा छिर्दा वा बाहिर निस्कदा सहजै आखाँ परोस् । साथै बिहान उठ्नासाथ यहि तस्वीरमा नजर परोस् ।

४. यो पनि गर्नुहोस्:यदि कारणवश पतिपत्नी बीच दुरी बनेको छ भने बेडरूमको सिरानी तर्फको भित्तामा रातो फ्रेमको फोटोफ्रेममा राधाकृष्णको सुन्दर तस्वीर राख्नुहोस् । यसले दम्पतीबीचको खराब समय नष्ट गर्न मद्दत गर्दछ । साथै राधाकृष्णको तस्वीर राखेको सामुन्नेको भित्तामा पतिपत्नीको तस्वीर राखेमा आपसी विश्वास र प्रेम बढ्ने वास्तुशास्त्रको मान्यता छ ।

यसैगरी महाभारत एक धर्मयुद्ध मात्र होइन, कर्तव्यगाथा पनि हो । यसमा गीताका ज्ञान मोह एवं अज्ञानले ग्रस्त मानवको जीवनमा कर्तव्यको सर्वोच्वता बोध गराउँछ ।आज भन्दा लगभग पाँच हजार बर्षअघि मार्गशीर्ष महिनाको शुक्ल एकादशी महाभारतको युद्ध भएको मानिन्छ । कुरुक्षेत्रको युद्धभूमिमा भएको युद्धमा जब अर्जुनले हतियार उठाए, उनमा कंपन छुट्यो । उनले आफ्ना सारथी बनेका श्रीकृष्णलाई भने, ‘प्रभु, मेरो अघिल्तिर भाई बन्धु, गुरु, खडा छन् । र, उनीहरुसँग म लडाई गर्न असमर्थ छु । म युद्धबाट हट्दैछु ।’ अर्जुन यसरी कर्मबाट विमुख भएपछि श्रीकृष्णले उनलाई केहि उपदेश दिए । त्यही उपदेश नै गीता हो ।

गीताको जीवन दर्शन : गीताको जीवन दर्शन अनुसार मानिस महान छ , अमर छ, असीम शक्तिको भण्डार छ । गीतालाई संजीवनी विद्याको संज्ञा पनि दिइएको छ । मानिसको कर्तव्य के हो ? यसैको बोध गराउनु गीताको परम लक्ष्य हो । श्रीकृष्णले यस उपदेशपछि अर्जुनलाई कर्तव्यपथमा अडिग रहन प्रेरित गरे । अन्ततः अर्जुनले युद्ध लडे । असत्यमाथि सत्यको जीत भयो ।

गीतामा ७ सय श्लोक : गीतामा कुल सात सय श्लोक छ । गीतालाई ज्ञानको सर्वोच्व स्थान दिइएको छ । ज्ञानको प्राप्तीले नै मानिसको सबै जिज्ञासाको समाधान हुन्छ । त्यसैले गीतालाई सर्वशास्त्रमयी पनि भनिन्छ । गीताको सार हो, कर्म गर, फलको चिन्ता नगर । जब हामी फलको इच्छा राखेर काम गर्छौ, यदि त्यो प्राप्त भएन भने दुखी हुन्छौ । त्यसैले सुखी रहनका लागि केवल काम गरौ, त्यो पनि निष्काम भावले ।

ज्ञानको अद्भूत भण्डार : श्रीइमद्भगत गीता ज्ञानको अद्भूत भन्डार मानिन्छ । गीताले हाम्रो सोच्ने, हेर्ने र बुझ्ने तरिकामा परिवर्तन ल्याइदिन्छ । जीवन र जगतको वृहत्तर ज्ञान यसबाट आर्जन हुन्छ । यसले संकटमा जुध्नपनि प्रेरणा दिन्छ । हामी कुनैपनि काम गरेपछि तुरुन्तै त्यसको नतिजा चाहन्छौ । तर, विद्वानहरु भगवान भन्छन्, धैर्य नहुँदा अज्ञान, दुख, मोह, क्रोध, काम र लोभबाट निवृत्ति मिल्दैन । गीताले मानव मात्रको जीवनमा प्रतिक्षण आउने सानाठूला संग्रामको सामना गर्न शक्ति दिन्छ । के छ त गीतामा ?

१. जन्म लिनेका लागि मृत्यु उत्तिकै निश्चित छ । जसरी मृत्यु हुनेले जन्म लिन्छ । त्यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक नगरौं । २. नर्कको तीन द्वार छ, क्रोध, वासना र लालचा । अर्थात हामीले भन्ने गरेको नर्कको स्रोत भनेको रिस, राग, क्रोध, वासना नै हो । यसले हाम्रो जीवन नै नर्कमय बनाइदिन्छ । ३. क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

४. कतिपय काम नगर्नु नै उत्तम हुन्छ । कति काम भने गर्नैपर्छ । ५. सधै शंका उपशंका गर्ने, गुनासो गर्ने व्यक्तिको लागि कुनैपनि लोकमा सुख मिल्दैन । ६. जसले आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैनन्, त्यो मन सत्रु बराबर हो । ७. जो व्यक्ति गुनासो गर्छन्, उसलाई कहिले पनि सुख मिल्दैन । ८. मन एकदमै चन्चल हुन्छ । त्यसैले यसलाई नियन्त्रण गर्न कठिन हुन्छ । यद्यपी अभ्यासले यसलाई वसमा राख्न सकिन्छ ।

९. यस जीवनमा कुनैपनि कुरा व्यर्थ हुन्छ । १०. व्यक्तिले जे चाहन्छन्, त्यो बन्न सक्छन् । यद्यपी त्यसकालागि आफ्नो इच्छालाई पूर्ण विश्वासका साथ स्मरण गर्नुपर्छ । ११. जो वास्तविक छैन, त्यसबाट कहिले पनि डर मान्नु हुँदैन । १२. हरेक व्यक्तिको विश्वास उसको स्वभाव अनुसार हुन्छ । १३. जुन कर्म प्राकृतिक हुँदैन, त्यसले जहिले पनि तनाव दिन्छ । १४. एक ज्ञानवान व्यक्ति कहिले पनि कामुक सुखमा आनन्द लिदैनन् । १५. कर्मयोग एक ठूलो रहस्य हो । १६. जब व्यक्तिले आफ्नो कामा आनन्द लिन्छन्, तब उनी पूर्ण ठहरिन्छ ।

गीताको बारेमा केही तथ्य : – यो विश्वकै महान ग्रन्थमा एक हो । – गीता एकमात्र यस्तो ग्रन्थ हो, जसको जयन्ती मनाइन्छ । – गीताको पृष्टभूमी महाभारतको युद्ध हो । – श्रीमद्भगवत गीताको १८ अध्याय छ र महाभारतको युद्ध पनि १८ दिन नै चलेको थियो । – अर्जुनलाई भगवन कृष्णले गीताको उपदेश दिएका थिए । – गीताको भनाई के छ भने, आफ्नो कतव्र्य पालनमा लाभ हानीबारे सोच्नु हुँदैन । – गीताको ७ सय श्लोकमा त्यस समस्याको समधान छ, जो हरेक व्यक्तिले कहिले न कहिले सामना गरिरहनु पर्छ । – गीता खासमा अनुपम जीवन ग्रन्थ हो । जीवन उत्थानका लागि यसको स्वाध्याय हर व्यक्तिले गर्नुपर्छ ।

यहाँबाट सेयर गर्नुहोस

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया