शुक्रबार ३१ बैशाख २०७८

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन । पछिल्लो समय हरेक उमेर समूहका व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ ।

महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो । सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो ।

मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन । त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ।

६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया