Friday, October 23

श्रीलंकाको त्यो मन्दिर जहाँ गौतम बुद्धको दाँत राखिएको छ…..

August 15, 2020 127

भगवान बुद्ध, जसलाई हामी गौतम बुद्धको नामबाट चिन्छौं । उनको मृत्यु ईसाइ-पूर्व ४८३ मा भएको थियो। यो घटना भएको हजारौं वर्ष भइसक्यो।तर तपाईँलाई अचम्म लाग्न सक्छ, श्रीलंकामा एउटा यस्तो अद्भुत मन्दिर छ। जहाँ आज पनि भगवान बुद्धको दाँत राखिएको दाबी गरिन्छ। यो मन्दिर श्रीलंकाको क्यान्डी सहरमा छ।

यस मन्दिरलाई ‘दाँत मन्दिर’ को नामबाट चिनिन्छ। क्यान्डी सहरमा कुनै बेला श्रीलंकाको राजधानी थियो। श्रीलंकाका राजा यहाँ रहन्थे।क्यान्डीको धार्मिक महत्व पनि धेरै छ, किनकी यहाँ अनेक महत्वपूर्ण बौद्ध मन्दिर छन्।

भगवान बुद्धको देहान्तपछि एक अनूयायीले उनको चिताबाट एउटा दाँत निकालेर राजा ब्रह्मदत्तलाई दिएको मान्यता छ। कयौँ वर्षसम्म भगवान बुद्धको उक्त दाँत राजा ब्रह्मदत्तसँग रह्यो। यो पनि भन्ने गरिन्छ कि बुद्धको उक्त दाँतका लागि कयौँ लडाइँ पनि भयो।

र, वुद्धका एउटा अनुयायीले उक्त दाँत चोरेर श्रीलंका पु-याएको बताइन्छ। प्राचीन समयमा क्यान्डीका एक राजाले आफ्नो महलसँगै भगवान बुद्धको दाँतका लागि लिए एक विशाल मुर्ति बनाउन लगाए र त्यसपछि त्यो दाँत मन्दिरमा राखेको मान्यता छ।

हरेर बुधबार भगवान बुद्धको दाँतलाई सुगन्धित फूल र पानीले प्रतीकात्मक रुपमा स्नान गराइन्छ। त्यसपछि जललाई श्रद्धालुलाई प्रसादको रूपमा वितरण गरिन्छ।

प्रतिकृया दिनुहोस्