बुधबार ०८ बैशाख २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ ।

कांग्रेस केन्द्रीय तरुण विभागले स्व। गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए । देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएको प्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे ।

सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता–कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए । देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो ।

news28nepal

८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया