शुक्रबार ०७ माघ २०७८

यी १३ वर्षीय बालकले गरे यस्तो काम, खोलेर हेर्दा प्रहरी नै छक्क परे !

महोत्तरीको सम्सीबाट ला’गू’औ’ष’ध’सहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको ला’गू’औ’षध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ । बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै, शान्ति-सुरक्षा मजबुज बनाउन जुम्लाका प्रहरी चौकी निरीक्षण गरिएको छ । जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले शन्ति सुरक्षा सुदृढ पार्न, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउन प्रहरी चौकी निरीक्षण गरेका हुन् ।

चन्द्रले झारज्वाला, मणिसाँघु अस्थायी प्रहरी चौकी गुठीचौर र चौत्रामा रहेको प्रहरी चौकीको निरीक्षण गरेर आवश्यक निर्देशन पनि दिएका हुन् ।

‘हरेक प्रहरी कार्यालयमा प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ । प्रहरीले सामुहिक प्रहरी साझेदारी कार्याक्रम मार्फत यसअघि पनि नागरिक माझ सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ उनले भने, ‘प्रहरीले सञ्चालन गरेका यस्ता अभियानले नागरिक र प्रहरीबीचको सम्बन्ध समधुर बनेको छ ।’

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया