शुक्रबार ०७ माघ २०७८

सशस्त्र प्रहरि रहेका श्रीमान एकाएक गायब, छोरी बाबा भन्दै बस्छिन,श्रीमती रुँ’दै(भिडियो हेर्नुहोस्)

काठमाडौको फर्पिन घर भएकी सुस्मिता शृगार अहिले आफ्ना श्रीमान हराएको भन्दै मिडियामा आएकी छिन । असोज ३० गतेबाट श्रीमान फरार रहेको उनले बताएकी छिन ।

असोज ३० गतेबाट अफ भएको मोबाइल अहिलेसम्म पनि फोन नलागेको सुस्मिताको भनाई रहेको छ । उनका श्रीमान सशस्त्र प्रहरि हुन । एक महिना भन्दा धेरै भै सक्दा पनि अहिलेसम्म कतै केही खबर नपाएको र श्रीमान पनि सम्पर्कमा नआएको सुस्मिताले मिडियामा बताएकी छिन ।

उनका श्रीमान सशस्त्र प्रहरि सिनामंगलमा कार्यरत रहेका छन । आफुले श्रीमान कार्यरत रहेको स्थानमा बुझ्न जादाँ पनि २८ गते त्यहाबाट छुट्टी लिएर निस्किएको जानकारी पाएको सुस्मिताले बताईन । २८ गते छुट्टी निस्किएका श्रीमान ३० गते बेलुका ५ बजे हाजिर हुनु पर्ने थियो ।

तर त्यहाँ पनि हाजिर नभएको आफुले जानकारी पाएको उनको भनाई छ । ३० गते कार्यलयमा हाजिर नभए पछि त्यहाबाट पनि एकजाना प्रहरी खोज्दै आए पछि भने श्रीमान हराएको आफुले बुझेको उनको भनाई छ ।

३० गते हाजिर नभए पछि खोज्दै प्रहरी आए पछि त्यही दिन आफुले घरमा पनि जानकारी गराएर खोजी सुरु गरेको उनको भनाई छ । घर फर्पिङ रहेता पनि आफुहरु जावलाखेल बस्दै आएको उनले बताईन ।

२८ गते छुट्टी लिएर भने श्रीमान घर गएको बुझिएको छ । घर फर्पिङबाट ३० गते ४ बजे तिर कार्यलय जान भनी हिडेको परिवारले बताएको सुस्मिताको भनाई छ । तर ३० गते बाटै श्रीमानको मोबाइल भने स्विच अफ रहेको सुस्मिताले मिडियामा बताएकी छिन ।

आफुले जावलाखेल प्रहरिमा पनि उजुरी दिएको र प्रहरीले फोन डिटेल निकालेर आफुलाई बोलाएको उनले बताईन । त्यसमा आफुले चिनेको नम्बर बताए पछि अन्य नम्बरको बारेमा आफुहरु पत्ता लगाएर फेरि बोलाउने भनेता पनि अहिलेसम्म प्रहरिले कुनै जानकारी आफुलाई नदिइएको सुस्मिताले बताएकी छिन ।

घरमा तथा आफुसगँ कुनै विवाद पनि नभएको उनले बताईन । अहिले ५ वर्षकि छोरिले सधै बाबा खोजिरहने भएकोले पनि आफुलाई धेरै समस्या भएको उनको भनाई छ ।

श्रीमान हराए पछि परिवारले खोजी गरेको भएता पनि आफू फर्पिङ गएर सल्लाह गर्न खोज्दा ससुराले नराम्रो ब्याबहार गरेको उनले बताईन । आफुलाई उल्टै छोरा खोइ, यहाँ अंश लिन आएकी भन्दै आफुहरु सगै नबस्ने र गोठ तिर गएर बस्नु भनी भनेको र अहिलेसम्म परिवार पनि कुनै सम्पर्कमा न आएको उनले बताईन । बिबाह भए बाट आफू फर्पिङ नगएता पनि श्रीमान हराए पछि भने जादा त्यसरी भनेको उनको भनाई छ । बिबाह पछि श्रीमान घर गएता पनि आफुलाई भने नलगेको र नजानु भनि भनेकोले आफु नगएको उनले बताईन । (भिडियो हेर्नुस)

४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया