सोमबार ०७ आषाढ २०७८

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्त ठाकुरले आफुहरुलाई काम गर्न केपी शर्मा ओलीसँग नै सहज हुने बताउनुभएको छ । शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुनसँगको भेटघाटमा ठाकुरले प्रधानमन्त्री ओलीले आफुहरुका माग सम्बोधन गर्ने आश्वासन दिएको बताउनुभयो । माओवादी केन्द्रका नेता पुन जसपा नेता महन्त ठाकुरलाई भेट्न उहाँकै निवास कौशलटार पुग्नुभएको थियो ।

उहाँलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाकुरलाई भेट्न दुतका रुपमा पठाउनुभएको थियो । पुनले ठाकुरसँग उहाँहरूका मागका विषयमा कुरा राखे पनि ठाकुरले स्पष्ट जवाफ दिनुभएन ।

ठाकुर सत्ता समिकरणमा ओलीसँग नजिक देखिनुभएको छ । ठाकुरसँगै जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि ओलीलाई समर्थन गरेर सरकारमा सहभागी हुन खोजिरहेका छन् । तर जसपा संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवभने ओलीसँग कुनै पनि हालतमा सत्ता समिकरण नगर्ने पक्षमा देखिएका छन् ।

pathivaranews

१२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया