शुक्रबार ०७ माघ २०७८

बहुमूल्य गहना र नगदको सुरक्षाका लागि अनेक उपाय अपनाइन्छ ।चोरी हुने वा लुटिने डरले सुरक्षाका उपाय अपनाउँदा होस् पुर्याइएन भने कहिलेकाहीँ उल्टै दुःख पनि पाइने रहेछ भन्ने कुरा हेटौँडाको एउटा घटनाले पुष्टि गरेको छ ।

हेटौँडा नगरपालिका–५ निवासी ३९ वर्षीया सरस्वती कार्कीले सुन र गहनाको सुरक्षाका लागि अपनाएको गलत उपायले गुमिसकेको लाखौँको धनमाल प्रहरीको सक्रियताले भाग्यवश फेला पार्नुभएको छ ।

शनिबार बिहान कार्की घरबाहिर निस्कनुपर्ने थियो । चोरी हुने डरले उहाँले आफूसंँग रहेको नगद र गहना फोहोर फाल्ने भाँडोमा लुकाएर बाहिर निस्कनुभयो ।आइबार फेरि बाहिर निस्कनुभएकी कार्की बजारको काम सकेर घरमा फर्किंदा नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी नजिक आइपुगको थियो र उहाँले हतार–हतार फोहोर गाडीमा मिल्काउनुभयो ।

फोहोरको गाडी गइसकेपछि गहना र नगद कहाँ राखे भन्ने कुरा भुलेर घरमै खोज्न थाल्नुभएकी उहाँँले फेला पार्न नसकेपछि चोरी भएको आशङ्कामा प्रहरी गुहार्नुभएको थियो ।चोरीको आङ्शका गर्दै प्रहरीले राखेको ठाउँलगायतका विषयमा सोधपुछ गर्ने क्रममा उहाँले सुन र गहना चोरीको डरले फोहोरको डस्टबिनमा लुकाएर राखेको र फोहोरसंँगै फ्याँकेको बल्ल सम्झिनुभयो ।

कार्कीले फोहोरसँंगै फ्याँकेको आठ तोला सुन र १७ हजार नगद प्रहरीले फेला पारेर कार्कीलाई फिर्ता गरेको छ ।वडा प्रहरी कार्यालय सानो पोखरी हेटौँडाका निरीक्षक कृष्णप्रसाद विष्टका अनुसार कार्कीले सुरक्षाका लागि गलत तरिकाले फोहोरसंँगै लुकाएको सुन र नगद फोहोरको थुप्रो पन्छाएर दुई घण्टापछि राप्ती किनारमा फेला पारेको हो ।

ना ४ त २६९८ नम्बरको फोहोर सङ्कलन गर्ने गाडी चालक दीपक लामाले नगदसँंगै बहुमूल्य गहना फ्याँकेकोबारे आफूले पछि मात्र जानकारी पाएको बताउनुभयो । कार्कीले अघिल्लो वर्षको तिहारमा घरमा चोरी भएको र नगद तथा गरगहना हराएपछि यस्तो जुक्ति गरेको तर छिन् ।

छिनमा बिर्सने बानीका कारण यस्तो घटना भएको स्वीकार्नुभयो । “चोरीको डरले असुरक्षित स्थानमा बहुमूल्य वस्तु लुकाउँदा भुलवश यस्तो घटना भयो, प्रहरीको सहयोगले सामान र नगद फेला परेपछि हामी सारै खुसी भएका छौँ”, कार्कीले खुसी साट्दै बताउनुभयो ।

फोहोरसंँगै फ्याँकेको छड्के तिलहरी, बाला, ब्रासलेट, चन्द्रमा, औठी, झुम्का, मुन्द्रासहित १७ हजार नगद र एटिएम कार्डको आशा मारेको भए पनि फेला पार्दा हर्ष विभोर भएको उहाँले अनुभव सुनाउनुभयो ।

१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया