शुक्रबार ०७ माघ २०७८

धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटना`ले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।

भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लुटेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई पक्रि`एर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।

उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।

त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछार`पछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।
हेरौं उक्त भिडियो

मर्नु भन्दा ठिक पहिले धेरै जसो मानिसहरु के भन्छन् ? यस्तो छ आश्चर्यजनक खुलासा

काठमाडौं। अमेरिकाकी एक नर्सले सामाजिक संजालमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यी नर्सको नाम जुली हो ।

उनका अनुसार मर्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु एउटै किसिमको कुरा गर्छन् । जुलीका टिकटकमा ३ लाख ७२ हजार फलोअर छन् जहाँ उनले आफ्ना अनुभवहरु साझा गरेकी छिन् ।

हस्पिस नर्स जुलीका अनुसार उनले क्यालिफोर्नियाको लस एन्जल्समा लगभग ५ वर्षसम्म काम गरेकी छिन् । त्यसअघि उनी ९ वर्षसम्म आइसीयू नर्स थिइन् । उनी करिब १४ वर्षदेखि नर्सको काम गरिरहेकी छिन् ।

जुलीले जुनसुकै बेला मर्न सक्ने अत्यन्तै बिरामी मानिसहरुको हेरचाह गर्छिन् । उनले धेरै मानिसहरुलाई आफ्नो आँखाअगाडि प्राण त्यागेको देखेकी छिन् । हालै उनले आफ्नो टिकटक भिडियोमा मर्नुभन्दा अगाडि मानिसहरु के भन्छन् भन्ने खुलासा गरेकी छिन् ।

जुलीका अनुसार उनले मृत्युभन्दा ठिक पहिले आफ्ना धेरैजसो बिरामीको सास फेर्ने तरिकामा परिवर्तन भएको देखेकी छिन् । बिरामीहरुमा त्यतिबेला छालाको रंगमा परिवर्तन्, ज्वरो आउनु, पटक पटक आफ्ना नजिकका व्यक्तिको नाम लिने आदि लक्षण देखेकी छिन् । जुलीले भनिन् ‘धेरैजसो मानिसहरु मर्नुभन्दा अगाडि आइ लभ यु भन्छन् वा उनीहरु आफ्ना मातापितालाई बोलाउँछन् जो आम रुपमा पहिले नै मरिसकेका हुन्छन् ।’

अर्को एक भिडियोमा जुलीले बताएअनुसार प्राण त्याग्नुभन्दा पहिले उनका धेरैजसो बिरामीहरुले छायाँहरु देख्न थाल्छन् । छायाँमा उनीहरुले आफ्ना मरिसकेका आफन्तहरुलाई देख्छन् र आफू घर आउन लागेको भन्छन् । यो खबर साभार गरियको हो । साभार गरियको साइट डिसी नेपालबाट साभार गरियको।

 

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया