शुक्रबार ०७ माघ २०७८

ओलीले सूची तयार गर्न छलफल चलाइरहेको होटलको गेटमा छ ‘टिफिन’ नामको सानो ढावा । त्यहीँ बसेर भात खाने तयारी गर्दैछन् घनश्याम भुसाल । आज दिनभर भएका घटनाक्रमप्रति अनविज्ञता प्रकट गरे भुसालले ।

उनले भने , ‘मलाई कसैले केही भनेकाे छैन । मैले पनि कसैलाई केही भनेकाे छैन ।’त्यसो त उनले सडकमा हिँड्दै गर्दा सूर्य थापालाई पनि भेटेका थिए । थापालाई उनले रवाल र नेम्वाङसँग संवाद गरेर कुरा मिलाउन आग्रह गरेका पनि थिए । ‘तर, त्यो बाटो हिँड्दा गर्‍या कुरालाई औपचारिक मान्ने कि नमान्ने मैले वास्ता गरिन,’ उनले सुनाए ।

दिनभरजसो होटलमा बिताएका भुसाल साँझ ओली बसेको होटलनजिकै आइपुगेका छन् । तर ईश्वर पोखरेल, विष्णु पौडेलले उनको फोन उठाइरहेका छैनन् । उनले भने, ‘मेराे फोन उठाएनन् अनी अब के गर्नु ?’सर्वसम्मत सूचीको सन्दर्भ कोट्याउँदै उनले टिप्पणी गरे, ‘अब त्यो सूची हो कि अरु नै थोक हो मलाई थाहा छैन । सूची नै भए पनि मेराे नाम छ कि छैन ? थाहा छैन ।’

राम्रोसँग भात खान नपायको र झोल भात खाने रहर जागेपछि ओली बसेको होटलनजिकै पुगेको बताउने भुसालले ओलीलाई चोलेन्द्रकाे सँज्ञा दिए ।’यहाँ त चोलेन्द्र छन् र पो !’एमालेमा अनिष्ट हुन् लागेको टिप्पणी गरे भुसालले ।’ठूलो अनिष्ट हुँदैछ ।हिजो १२ बजे सकिनुपर्ने काम ऐलेसम्म सकिएको छैन । हेर्नुहोस् अनिष्ट हुँदैछ ।’

यसको सङ्केत उनले पानीको गिलास समाउँदा आफ्नो हात कापेकाे भन्दै भने, ‘हात काँपिराछ । भित्रैबाट कमजोरी भैराछ ।’७ बजे बन्द सत्र हुने स्थानमा पुग्न निर्देशन जारी गरिएको छ ।भुसाल पनि भात खाइवरी बन्दसत्रस्थल पुग्ने बताउँछन् ।सर्वसम्मतिको राटान लगाइरहेका ओलीले सहमतिका नाममा समय घर्काउँदै जाँदा रावलको मत बढ्ने टिप्पणी गरे भुसालले ।

‘ओलीजी सहजै जित्ने अवस्थामा हुनुहुन्छ,’ भुसालले भने, ‘तर, उहाँलाई अरूले च्यालेन्ज गरेको पनि मन परेको छैन । अब यसरी समय घर्काउँदै गयो भने रावलजीको मत बढ्छ ।’१० भाई समूहका कुनै पनि नेता ओली बसेको होटलमा पुगेका छैनन् ।भुसालले पनि आफू ओली बसेको होटलमा नजाने बताए ।

‘छेउमा सी चिनफिङ र मोदी देखेका छन्,’ भुषालले ओली सी चिनफिङ र मोदी जस्तो बन्न नसक्ने टिप्पणी गर्दै भने, ‘तर, यहाँ त्यति सजिलो छैन ।’भुसालको छेउमा बसेका एक कार्यकर्ताले सुझाए, ‘यहाँबाट गाडी गएपछि हामी पनि जानेँ त होला नि !’ ती कार्यकर्ताले ओलीलाई संकेत गरेका थिए ।

अनी भुसालले भने, ‘तिनका गाडी किन कुर्ने ? हामी जान्छौँ नी ।’ओलीलाई भेट्न दिनभर नेताले पार्क होटलको आँगन भरिँदा होटलको गेटमा पुगेका भुसाल भने होटलभित्र पाइला नरखिकानै फर्किने मनसायमा छन् ।शिला पत्र

५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया