Thursday, January 21

२४ घन्टामा ५ सय ९४ संक्रमित थपिए,शुक्रबार थप ४ जनाको मृत्यु, २४० डिस्चार्ज

August 14, 2020 131

काठमाडाैं, साउन ३० : पछिल्लो २४ घन्टामा ५ सय ९४ संक्रमित थपिएका छन् । ११ हजार ५ सय ७५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वरर गौतमले हालसम्म नेपालमा २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।

पछिल्लो २४ घन्टामा थप २ सय ४० जना डिस्चार्ज भएका छन् यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ । साथै शुक्रबार थप ४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

faraksamachar

प्रतिकृया दिनुहोस्