Monday, October 19

‘सर कृपया मलाई यूपीएससीको किताब खरिद गर्न मद्दत गर्नुहोस्‘ठेगाना पठाउ, किताब तिम्रो ढोकामा पुग्नेछन्’

August 14, 2020 147

एजेन्सी । कोरोनाका कारण भारतमा महामारी बढीरहेका बेला कतिपय बिदार्थीले पढ्न नपाएको गुनासो अभिनेता सोनु सुदलाई गरेपछि उनले तत्कालै समस्याको सम्बोधन गर्ने भएका छन् ।

एक विद्यार्थीले ट्वीट गरेर सोनूसँग किताब खरिद गर्नका लागि मद्दत मागे लगत्तै सोनुले उनलाई मद्धत गर्ने बताउँदै ठेगाना पठाउन अनुरोध गरेका छन् । ‘सर कृपया मलाई यूपीएससीको किताब खरिद गर्न मद्दत गर्नुहोस् ।

म यी किताबबिना तयारी सुरु गर्न सक्दिनँ भन्दै एक बिद्यार्थीले ट्वट गरे लगत्तै सोनुले जवाफ ‘ठेगाना पठाउ, किताब तिम्रो ढोकामा पुग्नेछन्’भन्दै प्रतिक्रिया दिएको भारतीय मिडियाले जनाएको छ । यसअघि किसानलाई ट्याक्टर, सडक बालबालिका लाई खाना, जागीर गुमाएकी इञ्जिनियर लगायतलाई उनले सहयोग गरिसकेका छन् ।

enewsnepali

प्रतिकृया दिनुहोस्