Monday, November 30

आफैं चाहिँ लखरलखर हिँड्ने, भीडभाड गर्ने, मास्क पनि चिउँडोभन्दा मुनि लगाएर बस्ने,आफै नसुध्रिने हो भने कोरोना सङ्क्रमण भयावह हुन्छ’

August 14, 2020 214

नेपालमा हालसम्म कोरोना झन्डै २५ हजारमा कोरोना सङ्क्रमण हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । १६ हजार हाराहारी निको भएर घर फर्किएका छन् । विगतमा विशेष गरेर वैदेशिक रोजगारीबाट फर्किएका र उनीहरूको नजिक रहेका व्यक्तिमा सङ्क्रमण देखिने गरेको थियो । तर अहिले समुदाय स्तरमा कोरोना सङ्क्रमण फैलिरहेको छ । स्थिति गम्भीर बन्दै गइरहेकोले राजधानीसहित देशका मुख्य सहरहरूमा तीव्र रूपमा सङ्क्रमण फैलिएपछि सरकारले आवत जावतमा नियन्त्रण गर्दै सरकारी सेवामा समेत कतौटी गरेको छ ।

कोरोना सङ्क्रमण दर बढिरहेका बेला यसबाट कसरी सुरक्षित रहन सकिन्छ, सरकारले गरेको कामकारवाहीको अवस्था कस्तो छ लगायत कोरोनासँग सम्बद्ध विविध विषयमा केन्द्रीत रहेर सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग रातोपाटीकर्मी शम्भु दङ्गालले कुराकानी गरेका थिए । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित उतार ।

नेपालमा कोरोना सङ्क्रमणको सुरुवातदेखि नै तपाईंले नजिकबाट काम गर्दै र यसबारेमा जनचेतना जागृत गर्ने काम गर्दै आउनुभएको छ । विश्वव्यापी रूपमा फैलिएको यो सङ्क्रमण नेपालमा अहिले कुन अवस्थामा पुगेको छ ?

कोरोना सङ्क्रमणको अवस्था नेपालमा र अन्य देशमा हेर्दा तुलनात्मक रूपमा नेपाल त्यति खराब अवस्थामा पुगिसकेको छैन । त्यसकारण मैले सधैँ भनिरहेको हुन्छु, अझै पनि हामीसँग समय छ । यो हाम्रो ढोकैमा आइसक्यो, हामीले आफ्नो तर्फबाट गर्न सक्ने सबै काम गरौँ । अरू देशमा हेर्ने हो भने दैनिक १ सयभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा अहिले यो अवस्था छैन ।

त्यस्तो हुनु राम्रो त हैन तर अहिले हामी तुलनात्मक रूपमा त्यो खराब तहसम्म पुगिसकेको अवस्थमा छैनौँ । तर यसो भन्नुको अर्थ हामी त्यहाँसम्म पुग्दैनौँ भन्ने पनि हैन । अरू देशको जस्तै होला भनेर हामी अहिलेदेखि नै होशियार भएर त्यसका विरुद्ध अपनाउनुपर्ने सावधानीहरु र तयारीमा लागिपर्नुपर्ने हुन्छ ।

हामीले देख्छौँ फ्लुले गर्दा पनि वर्षमा एक दुई दर्जन हाराहारी हरेक वर्ष मरिरहेका हुन्छन् । स्क्रब टाइफसले पनि हरेक वर्ष दस बाह्र जना मरिरहेको देखिन्छ । टीबीले कति हजार मर्छन् त्यो आफ्नो ठाउँमा छ । तर यसको अर्थ कोरोनाभाइरसलाई पनि त्यही रुपमा लिनु उचित हुन्न । अहिले महाव्याधि फैलाइरहेको कोरोना भाइरस नयाँ भएकाले यसलाई हामीले हल्का रुपमा लिनु र वेवास्ता गर्नु पटक्कै हुन्न । यो कोरोनाभाइरस जतिसुकै कडा रूपमा आए पनि तपाईंहामी नै सजग भयौँ भने यसलाई अझै पनि नियन्त्रण गर्न सकिन्छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड हामीले इमानदार साथ पालना गर्नुपर्छ ।

अहिले काठमाडौं उपत्यमा मान्छे आउन बन्द गरिएको छ तर यसो गर्नु अलि ढिला भएको छ । अहिले कडाइ गर्नुअघि नै संक्रमणको सम्भावना बोकेका मानिसहरुको प्रवेश भइसकेको छ । काठमाडौँसहित धेरै सहरमा कतिपय सङ्क्रमित पनि पुगेका छन् । अस्पतालमा सङ्क्रमितहरू भरिँदै पनि गएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण झन् झन् बढ्दै समुदाय स्तरमा फैलँदै गइरहेको छ, रोकथामको प्रभावकारी उपायहरू के के हुन सक्छन् ?

मुख्य कुरा भनेको हामी सचेत हुनुपर्ने अवस्था छ । सीमित संख्यामा बाहेक अधिकांशमा लक्षणबिनाको सङ्क्रमण देखापरेको छ । हाम्रो वरिपरि रहेका आमाबुवा, दाजुभाइ, साथी सबै सचेत रहनुपर्छ । आज पीसीआर ग-यो र नेगेटिभ नतिजा आयो भन्दैमा कोरोना छैन वा लाग्दैन भनेर ढुक्क हुन सकिन्न । आजको परीक्षणमा नेगेटिभ आएका व्यक्तिलाई भोलि पनि सङ्क्रमण हुन सक्छ । त्यसले त्यही क्षणसम्मको रिपोर्ट दिने हो । आज नेगेटिभ देखिएका व्यक्ति केही गरी भोलि सङ्क्रमितसँगको सम्पर्कमा आए भने आज गरेको पीसीआरको मान्यता रहँदैन ।

अहिले काठमाडौं उपत्यमा मान्छे आउन बन्द गरिएको छ तर यसो गर्नु अलि ढिला भएको छ । अहिले कडाइ गर्नुअघि नै संक्रमणको सम्भावना बोकेका मानिसहरुको प्रवेश भइसकेको छ । काठमाडौँसहित धेरै सहरमा कतिपय सङ्क्रमित पनि पुगेका छन् । अस्पतालमा सङ्क्रमितहरू भरिँदै पनि गएका छन् ।

यो स्थितिमा अब गर्ने के त भन्ने प्रश्न सिर्जना भएको छ । यसको उपचारका लागि तत्काल भ्याक्सिन पनि छैन । मान्छेहरूको आवतजावत रोकिएको भनिए तापनि भित्रभित्र मानिसहरु आउनेजानेक्रम जारी छ । । कोरोना सङ्क्रमित पत्ता लगाउन टेस्टिङ मात्र गर्नु सकिन्छ तर यसो गर्दैमा यो रोग निको हुनु पनि हैन ।

सङ्क्रमणबाट दुःख पाउने त हामी हो । मैले देखेको, अहिलेको जनस्वास्थ्यका जुन मापदण्डहरू छन्, सबै कुराभन्दा त्यही नै उत्तम छन् । जस्तो कुनै हुलमुलमा म अनावश्यक रूपमा जाँदिनँ घरै बस्छु, अफिस गएँ भने पनि दूरी कायम गरेर मास्क लगाएर कुराकानी गर्छु, केही समयको अन्तरालमा साबुनपानीले हात धुन्छु, बेलाबेलामा स्यानिटाइजरको प्रयोग गरेर हात संक्रमणरहित बनाउने गरिरहन्छु, त्यतिञ्जेलसम्म हातलाई नाक मुखमा लग्दिनँ, सरसफाइमा ध्यान दिन्छु, परिवारका सदस्यको पनि जुठो खाँदिनँ, बिरामी भइरहेको कसैलाई छुट्टै राख्ने जस्ता काम गरेँ भने यो सङ्क्रमणबाट जोगिन सकिन्छ । सङ्क्रमण जित्ने तरिका भनेकै यही हो ।

अहिले संसारले नै कोरोना महामारीको उपचार खोजिरहेको अवस्था छ । खुला सीमाना र कुनै न कुनै रुपमा मान्छेहरूको आवतजावत भइरहने भएका कारण भारतमा यसको सङ्क्रमण नियन्त्रण नभएसम्म नेपालमा पनि कायम रहन्छ । अघि मैले भनेको जस्तै जनस्वास्थ्यका मापदण्डलाई हामीले कडाइका साथ पालना गरेर गयौँ भने सङ्क्रमण करिब करिब पूरै कम भएर जान्छ ।

तर अहिले पनि मान्छेहरूले जनस्वास्थ्यका मापदण्डहरूलाई राम्ररी पालना गरेका छैनन् । सही तरिकाले मास्क नलगाउने, गफ गर्ने गरेका वर्गेल्ती भेटिन्छन् ।

कोरोना सङ्क्रमण लक्षणसहित र लक्षणबिनाको हुने गरेको छ । लक्षणसहतिको सङ्क्रमण अलि जटिल हो कि वा लक्षणबिनाको सङ्क्रमण पनि उत्रिकै खतरनाक हुन्छ ?

केही समय अगाडि लक्षण नभएको सङ्क्रमण प्रतिशत ९९ दशमलव ७ प्रतिशत रहेको आँकडा थियो । एउटा वैज्ञानिक तर्क के छ भने लक्षण नभएको सङ्क्रमणभन्दा लक्षणसहितको सङ्क्रमण अलि तीव्र गतिमा सर्छ ।

लक्षणसहितको संक्रमण भयो भने त्यो मान्छेमा जटीलता बढ्ने र अस्पतालमा नै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने सम्भावना धेरै भयो । आईसीयू, भेन्टिलेटरसम्म जाने अवस्था आयो भने मर्न सक्ने सम्भावना बढेर गयो । लक्षण नदेखिएका सङ्क्रमितहरू ढुक्कका साथ सक्रिय जीवनयापन गर्न सक्ने स्थितिमा रहेको अर्थात् गीत गाउने, नाच्ने, योग गर्ने गरेको हामीले देखिरहेका छौँ । त्यस्ता व्यक्तिहरूको अस्पताल भर्ना हुनुपर्ने अवस्था कम छ । तर एउटा समस्या के हुँदो रहेछ भने कोरोना सङ्क्रमणको लक्षण नदेखिने र त्यो मान्छे समाजमा जो कोहीसँग पनि घुलमिल भइदिने स्थिति जारी रहँदा चाहिँसङ्क्रमण सार्ने समस्या जीवितै हुँदोरहेछ । यो चाहिँ वास्तवमा जनस्वास्थ्यको हिसाबले एउटा चुनौतीको विषय हो ।

कोरोनाको लक्षण नहुनुमा फाइदा र बेफाइदा दुइटै छ । व्यक्तिलाई भर्ना नै हुनुपर्छ भन्ने नहुन सक्छ । तर लक्षण देखिएपछि अस्पतालमा भर्ना हुनुपर्छ । भर्ना भएन भने थप जोखिम बढ्न सक्छ । अहिले अन्य सङ्क्रमक रोगहरू पनि बढिरहेको छ । कोरोना मात्र नभई अन्य रोगहरूको पनि परीक्षणको व्यवस्था गरेर अन्य रोगबाट मर्नबाट जोगाउन पनि राज्यले व्यवस्था गर्नुपर्छ ।

घुमाइफिराइ जति कुरा गरे पनि जनस्वास्थ्यका नियमहरुको पालना गर्ने नै मुख्य कुरा हो । मैले किन घुम्न जाने, कोही मेरो अगाडि बोल्न आउँछ भने मैले किन बोल्ने ? कसैले मास्क लगाएको छैन भने मास्क लगाउ किन नभन्ने ? लामो समय हात धुने ठाउँ भएन भने नाक मुखमा हात लान भएन । हावा राम्ररी आवतजावत हुने कोठामा बस्नुप-यो ।

अहिले जुन गतिमा सङ्क्रमणदर बढिरहेको छ फेरि लकडाउन गर्नुपर्छ भन्ने मत पनि आइरहेका छन् । यसमा तपाईंको धारणा के छ ?

लकडाउन समस्याको स्थायी समाधान हैन । यो एउटा माध्यम मात्र हो । अत्यधिक गाह्रो परेको बेला दुई तीन हप्ता केही नियन्त्रण त होला तर मान्छेले व्यवहार परिवर्तन नगर्ने हो भने जस्ताको तस्तै पहिलेकै अवस्थामा आइपुग्छ ।

सम्बिन्धित निकायले पनि कहाँ कहाँ कुन समुदायमा बढी सङ्क्रमण फैलिएको छ, सोही क्षेत्रमा विशेष कडाइ र अनुगमन गरेर आवश्यकताअनुसार भावी योजनाहरू तय गर्नुपर्दछ ।

घुमाइफिराइ जति कुरा गरे पनि जनस्वास्थ्यका नियमहरुको पालना गर्ने नै मुख्य कुरा हो । मैले किन घुम्न जाने, कोही मेरो अगाडि बोल्न आउँछ भने मैले किन बोल्ने ? कसैले मास्क लगाएको छैन भने मास्क लगाउ किन नभन्ने ? लामो समय हात धुने ठाउँ भएन भने नाक मुखमा हात लान भएन । हावा राम्ररी आवतजावत हुने कोठामा बस्नुप-यो । अनावश्यक रूपमा भीडभाड भएका स्थानहरु तथा आवश्यक नपरिकन अस्पताल जानु भएन । मुख्य कुरा सही तरिकाले मास्क लगाउने हो र कोरोनाविरुद्ध अहिले स्थापित जनस्वास्थ्यका नियमहरुको इमान्दारितापूर्वक पालना गर्ने हो भने धेरै हदसम्म यसलाई न्यूनीकरण गर्न सक्छौँ ।

लकडाउन वा कडाइ गर्ने हो भने मेरो एउटा सर्त छ । पहिला जसरी ३ महिना लकडाउन गरियो, मान्छेलाई कोरोनाको संक्रमण नियन्त्रणमा आएजस्तो लाग्यो । तर त्यो अस्थायी समाधान मात्र हो, स्थायी हैन । लकडाउन कडा गर्ने भने तर केही समयपछि हुरुरु मान्छे बाहिर निस्कन थाले । लकडाउनले धेरै पक्षहरूलाई प्रभाव पार्ने गर्छ । पाँच महिना लकडाउन गरे पनि म घरभित्र बसुँला तर ह्वात्त छोडिदिएपछि फेरि म बाहिर निस्कन्छु । फलतः सङ्क्रमणदर उस्तै हुन्छ । यहाँ सङ्क्रमण नियन्त्रण भएर मात्र पनि हुँदैन । जबसम्म भारतमा नियन्त्रण हुँदैन, यहाँ सङ्क्रमितहरू देखिइरहन्छन् ।

मानौँ १ महिनामा मैले काठमाडौँमा सङ्क्रमितलाई क्वारेन्टाइनमा राखें, सबै सङ्क्रमण निर्मूल पारेँ । तर भारतमा सङ्क्रमण छ भने त्यहाँबाट तराईमा र तराईबाट काठमाडौँमा छिर्ने क्रम जारी रह्यो भने पछि सङ्क्रमण त्यही पहिलेकै अवस्थामा पुग्छ । अब को सजग हुने मुख्य कुरा त्यहाँ छ । कडिकडाउ गर भन्ने गरिन्छ, कडिकडाउ गरेर मात्र के गर्ने ? एउटा क्षेत्रलाई कोरानामुक्त बनायो तर फेरि मान्छे आवतजावत भइरह्यो भने पहिलेकै अवस्था दोहोरिन्छ । अब नागरिकको तर्फबाट अनुशासन पालना भयो भने त्यो अवस्था दोहिरिँदैन कि भन्ने मैले अपेक्षा गरेको छु ।

कडा बन्द गरिसकेपछि त्यसको फाइदा पनि हामीले लिन सक्नुप-यो । नियन्त्रण भएपछि आगामी दिनमा सङ्क्रमण नफैलिनका लागि थप रणनीति पनि बनाउनुप-यो ।

काठमाडौँमा पहिले क्वारेन्टाइन थिएन । सबै होम क्वारेन्टाइनमा बस्नुप¥यो । काठमाडौँ बाहिरबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुको सट्टा सडकमा कुदिरहेका छन् । मैले सुनेको, छोरी सङ्क्रमित भएर घरमा क्वारेन्टाइनमा बसेको छ, बाउ अफिसतिर हिँडिरहेको छ । कोरोना पोजिटिभ भएको एकजनालाई अस्पतालबाट एम्बुलेन्समा लिन आउँछु भन्दा ट्याक्सीमा आउँछु भनेछ । पछि बस चढेर अस्पताल पुगेछ । अहिले यस्तो अवस्था छ । यहाँ मुख्य समस्या नै नागरिकहरूबाट स्वास्थ्यसम्बन्धी मापदण्डहरू पालना भइरहेको छैन, पालना गराउन सकिइरहेको पनि छैन ।

बुझ्नैपर्ने कुराः नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नु नै कोरोना नियन्त्रणको रामवाण हुनसक्छ । पढ्ने, लेख्ने, सुन्ने धेरै गरियो तर हामीले यसलाई व्यवहारमा लागू पनि गर्नुप¥यो, सुनेर मात्र भएन ।

पर्सा, विराटनगर, काठमाडौँ लगायतका सहरहरूमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । अस्पतालहरूमा पनि सङ्क्रमितहरू भरिइरहेका छन् । आइसोलेसन सेन्टरको अभाव छ । सहरी क्षेत्रमा भइरहेको बढ्दो सङ्क्रमणदर रोकथामको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

सबै सङ्क्रमण खराब हँुदैन । अहिले पनि ७० प्रतिशतभन्दा बढी निको भएको अवस्था छ । मृत्युदर पनि थोरै देखाएको छ तर यो भन्दै गर्दा संक्रमणको फैलावटलाई रोकथाम गर्ने तथा यसबाट बच्ने तरिकालाई गम्भीरतापूर्वक लिइएन भने सङ्क्रमण ह्वात्तै बढ्दै जान्छ । त्यसरी संक्रमण बढ्दै जाँदा अस्पतालहरूमा सिट नपुग्ने त यसै पनि भइहाल्यो । बिरामीको अवस्था गम्भीर भयो भने आईसीयू, भेन्टिलेटरको प्रयोग गर्नुपर्ने अवस्था बढ्दै जान्छ । यहाँ एउटा व्यक्ति ठीक हुन्छ र अर्को बिरामी भएर जान्छु भन्ने कुरा पनि हैन ।

कतिपयले हामीलाई यति हजार आईसीयू, भेन्टिलेटर चाहिन्छ पनि भन्ने गरेका छन् । सङ्क्रमित सङ्ख्या ह्वात्तै बढेर युरोपतिर देखिएको जस्तो भयो भने, संसारको जतिसुकै विकसित देश भए पनि, धेरै डाक्टर धेरै अस्पताल भए पनि धेरै गाह्रो हुँदोरहेछ भन्ने देखिइसकेको छ । गाह्रोसाह्रो गरेर १ जना डाक्टरले ५ जनालाई हेरिरहेको स्थितिमा एकैचोटि ५० जना पुगे भने उसले सोचे जसरी हेर्न पाउँदैन । यसरी संक्रमति बढ्दै गएपछि डाक्टरको अभाव, पीपीईको अभाव, ठाउँको अभाव हुन्छ ।

यस्तो अवस्थामा जुनै देशमा भए पनि भ्याउने अवस्था रहँदैन । त्यसकारण खराब स्थितिसँग जुघ्नका लागि भौतिक तयारी गर्नु राम्रो कुरा हो तर मेरो जोड चाहिँ संक्रमितको संख्या बढ्न नदिनका लागि कसरी जनस्वास्थ्यका मापदण्ड पालना गराउने भन्नेमा नै बढी ध्यान केन्द्रीत गरिनुपर्छ भन्ने नै हो । अहिले पनि बाहिर निस्किँदा को सङ्क्रमित छ, को छैन भनेर डराउनुपर्ने अवस्था छ । यो स्थितिमा हुलमुलमा नजाने, मास्क लगाउने, समय समयमा साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, नाक मुख आँखामा हात नलाने लगायत कोरोनाविरुद्धका जनस्वास्थ्यका उपायहरुको कठोर पालना नै यसविरुद्ध लड्ने सबैभन्दा प्रभावकारी हतियार हुन सक्छ । हामीले के सोच्नुप-यो भने मेरो दायाँ बायाँ अगाडि पछाडि जहाँ पनि कोरोना सङ्क्रमित हुन सक्छ, म सजग भएर हिँड्छु । यो कुरा सबैले कठोर रुपमा लागू गर्ने र पालना गर्ने हो भने हजारौँ भेन्टिलेटर चाहिन्छ भन्ने कुरा नरहन पनि सक्छ ।

अनौठो त के पनि देखिन्छ भने यहाँ मान्छेहरु पहिला भेन्टिलिटर चाहिन्छ भनेर आवाज त उठाइरहेका छन् तर त्यसरी आवाज उठाउनेहरु आफैं चाहिँ लखरलखर हिँड्ने, भीडभाड गर्ने, मास्क पनि चिउँडोभन्दा मुनि लगाएर बस्ने जस्ता काम गरेर कोरोना संक्रमणलाई खुला आमन्त्रण गर्ने गरेका छन् ।

अहिले हाम्रोमा हजारौँ मान्छेहरू आईसीयू भेन्टिलेटरमा त गएका छैनन् । हामीले आईसीयू र भेन्टिलेटरलाई बढी ध्यान दिइएको छ तर कोरोनाविरुद्ध तत्कालै पालना गर्नुपर्ने सुरक्षा सावधानी अपनाउने विषयलाई कम ध्यान दिएजस्तो मलाई लाग्छ । म चाहिँ के भन्छु भने सबैभन्दा पहिला बच्ने उपाय गरौँ । धेरै मान्छेले आईसीयू, भेन्टिलेटर पहिलो प्राथमिकता देखेका छन्, मैले चाहिँ पहिलो प्राथमिकता सुरक्षा सावधानीलाई देखेको छु । पहिला यो उपाय अवलम्बन ग-यौँ भने दोस्रो उपायमा जानु पर्ने अवस्था निक्कै कम हुन सक्छ ।

अनौठो त के पनि देखिन्छ भने यहाँ मान्छेहरु पहिला भेन्टिलिटर चाहिन्छ भनेर आवाज त उठाइरहेका छन् तर त्यसरी आवाज उठाउनेहरु आफैं चाहिँ लखरलखर हिँड्ने, भीडभाड गर्ने, मास्क पनि चिउँडोभन्दा मुनि लगाएर बस्ने जस्ता काम गरेर कोरोना संक्रमणलाई खुला आमन्त्रण गर्ने गरेका छन् ।

धेरैले भेन्टिलेटर मात्रै भन्छन् । तर के कुराको हेक्का राखिएको छैन भने कोरोना संक्रमित भेन्टिलेरमा राख्ने अवस्थामा पुगेको खण्डमा बाँच्ने सम्भावना निकै कम हुन्छ । भेन्टिलेटरमा राखिएका मध्ये धेरै बिरामीहरु बाँच्दैनन् भन्ने एकदमै तथ्यपूर्ण कुरा हो । भेन्टिलेटर भयो भने बचाउन सकिन्छ भनेर धेरै कराए पनि यथार्थमा चाहिँ त्यहाँबाट निस्किने सम्भावना निकै कम हुन्छ । त्यसकारण मेरा विचारमा स्वास्थ्योपचारका लागि भौतिक तयारीहरु गर्दागर्दै पनि सबैभन्दा पहिलो नम्बरमा कोरोनासंक्रमणलाई व्यापक रुपमा फैलिन नदिनका लागि जनस्वास्थ्यका सुरक्षा सावधानी एकदम कडिकडाउन गरेर लागू गर्नुपर्छ । अनावश्यक रुपमा बाहिर नजाने, भीडभाड नगर्ने, सार्वजनिक स्थानहरुमा व्यक्तिगत दूरी कायम गर्ने, हात धुने, मास्क लगाउने, स्यानिटाइजरको आवश्यकताअनुसार प्रयोग गर्ने हो भने धेरै हदसम्म सङ्क्रमण नियन्त्रण गर्न सकिन्छ । थोरै सङ्क्रमित भए भने हामीसँग भएका डाक्टर नर्सले सेवा प्रदान गर्न पुग्छ । सङ्क्रमित बढ्दै गएभने कति हजार भेन्टिलेटर खरिद गर्ने त ? त्यो गर्न थाल्यौँ र जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्यौँ भने अवस्था कस्तो हुन्छ ? एउटा सच्चा नागरिकको हिसाबले हामीले स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ ।

अमेरिकाले पनि धेरै पछि मात्र मास्क लगाउ तर कर गर्दिनँ भन्यो । त्यो देशमा हजारौँ पीसीआर टेस्टिङ हुन्छ, राम्रा राम्रा डाक्टरहरू गएर बसेका छन्, त्यो देशमा सबैभन्दा धेरै अस्पताल बनेका छन् तर सबैभन्दा धेरै मान्छे किन मरिरहेका छन् त ? प्रश्न त त्यहाँ छ । उनीहरूले आफूले जनस्वास्थ्यको नियमलाई पालना गरेर संक्रमण फैलिन नदिने उपायहरुलाई पालना गर्ने कुरालाई मतलब गरेनन् । धेरैले भेन्टिलेटरलाई जोड दिएको देख्छु । मेरो भनाइ पहिलो नम्बरमा सुरक्षा सावधानी नै हो ।

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा पीसीआरले आफैमा रोगलाई सन्चो बनाउने पनि हैन । नीति निर्माताका लागि कुन क्षेत्रमा सङ्क्रमण फैलिँदैछ, त्यस क्षेत्रका लागि कति स्वास्थ्यकर्मीको आवश्यकता पर्न सक्छ ? ती ठाउँमा स्रोतसाधन कति चाहिएला ? भन्ने कुराहरूको आँकलन गर्न, योजना बनाउन र तयारी गर्नका लागि पीसीआर परीक्षणले एउटा राम्रो मार्गनिर्देशन गर्ने गर्छ ।

जनस्वास्थ्यविदहरूले पीसीआर परीक्षणको मात्रा कम भयो भनेर पनि भनिरहेका छन् । यसको सङ्ख्या बढाउनुपर्ने आवश्यकता कत्तिको छ ?

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा पीसीआरले आफैमा रोगलाई सन्चो बनाउने पनि हैन । नीति निर्माताका लागि कुन क्षेत्रमा सङ्क्रमण फैलिँदैछ, त्यस क्षेत्रका लागि कति स्वास्थ्यकर्मीको आवश्यकता पर्न सक्छ ? ती ठाउँमा स्रोतसाधन कति चाहिएला ? भन्ने कुराहरूको आँकलन गर्न, योजना बनाउन र तयारी गर्नका लागि पीसीआर परीक्षणले एउटा राम्रो मार्गनिर्देशन गर्ने गर्छ ।

अहिले पनि हेर्नुहोला, अस्ति काठमाडौँको एउटा केसमा समुदायमा गएर परीक्षण गरियो । यो एक पटक गरेर मात्र हुँदैन । परीक्षण गर्ने हो भने अहिलेको वर्तमान अवस्थामा त्यो ठाउँमा कति बिरामी छन्, थप नफैलनका लागि कस्तो कस्तो रणनीति अपनाउने, त्यो ठाउँमा आवत जावतको व्यवस्था जस्ता कुराको योजना बनाउनका लागि परीक्षणको दायरालाई बढाउने अवश्य पनि राम्रो हो । तर जे भने पनि अन्त्यमा कोरोनासंक्रमण रोकथाम र नियन्त्रणका लागि पालना गर्नैपर्ने जनस्वास्थयका नियमहरुलाई अपनाउन कडाइ गरिएन र पालना गरिएन भने यसका लागि अरु क्षेत्रहरुमा गरिएका मिहिनेत र लगानी सबै खेर जान सक्छ र सङ्क्रमण पहिलेकै अवस्थामा आइपुग्छ ।

तपार्इंको अलि जोड मानिसको आनीबानीमा सुधार नगरेसम्म सङ्क्रमण नियन्त्रण गर्न सकिँदैन भन्ने देखियो । तर हामीले बाटोमा गएर हेर्ने हो भने मानिसले चिउँडोमा मास्क लगाइरहेका हुन्छन् । भीडभाड गरेर गफ गरिरहेका हुन्छन् । सरकारले जनचेतना जगाए पनि मान्छेले मानिरहेका छैनन्, व्यवहार परिवर्तन गर्न सकिरहेका छैनन् भने यस्तो अवस्थामा अब के उपाय लगाउन सकिन्छ ?

गत ३ महिनामा मैले देखेको सबैभन्दा मुख्य कमी कमजोरी नै यही हो । लकडाउन गरे पनि त्यो बेला पनि मान्छेहरूको चलायमान नै थियो । ट्रकमा लुकेर हुन्छ कि कहाँबाट हुन्छ, अस्पताल आएर मलाई जाँच गरिदेऊ भन्नेहरु निक्कै थिए ।

मान्छेको आनीबानी कसरी परिवर्तन गर्ने भन्ने मेरो पनि एउटा गम्भीर प्रश्न हो । किन हामीले चेतिरहेका छैनौं ? किन हामीले बेवास्ता गरिरहेका छौँ ? सायद यो एउटा ठूलो मनोवैज्ञानिक प्रश्न हो । शायद, यो कुराको पालना गराउनको लागि आवश्यक भनेको प्रभाव पार्ने कुरा हो तर मानिसहरूलाई कसरी प्रभाव पार्ने । यसका लागि एउटा शाखा, उपशाखा नै खोलिदिए हुन्थ्यो जस्तो लाग्छ मलाई । योबारे मनोविज्ञहरूबाट पो केही उत्तर आउँछ कि ?

पहिला पहिला जेब्रा क्रसिङबाट बाटो नकाट्नेलाई प्रहरीले सिकाउने, कक्षा लिने र नटेर्नेलाई दण्डसजाय गर्ने लगायतका विभिन्न काम गथ्र्यो । शायद अब त्यस्तो गर्नुपर्ने हो कि ? अतिकति रुखो भाषामा भन्नुपर्दा हामी अटेरी छौँ । हामीले कसैलाई फोन ग¥यौँ भने रिङटोनमै दूरी कायम गरौँ, मास्क लगाउँ भनिरहेकै हुन्छ । टिभी खोल्न पाएको छैन, रेडियो खोल्न पाएको छैन कोरोनाबाट कसरी बच्ने भन्ने सन्देश आउँछ । तपार्इं हामीले कति बोल्यौँ होला कति लेख्यौँ होला । यो कुरा किन लागू भइरहेको छैन ? म यहाँ अस्पतालमा बस्दा टिकट काट्ने ठाउँमा हेर्छु । लाइन बस्ने बेलासम्म मास्क लगाएको हुन्छ तर नाम लेख्ने बेला मास्क खोलेर ठूलो स्वरमा आफ्नो नाम भनिरहेको हुन्छ । के भन्ने यस्तो प्रवृत्तिलाई ? दुई जना साथी मास्क लगाएर भेट भएको छ भने मास्क खोलेर कुराकानी गर्न थाल्छन् ।

यो गम्भीर विषय बनेको छ, अब हार खाएर पनि भएन, यो कुरा हामीले भनिरहनुपर्छ । किन यस्तो गरिरहेका छन् ? फेरि सबैलाई थाहा छ, मान्छेहरूले किन यसरी अटेर गरिरहेका छन् भनेर मैले पनि कहिलेकाहीँ सोच्नेगर्छु । ‘हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने नेपाली उखानजस्तै एउटा सच्चा नागरिक बनेर हुलमुलबाट टाढा बस्नुप-यो । म सुरक्षित भएँ भने मेरो परिवार सुरक्षित हुन्छ, परिवार सुरक्षित भयो भने टोल, टोल सुरक्षित भयो भने देश नै सुरक्षित हुन्छ भन्ने बुझ्नुपर्ने हो ।

लकडाउन गर्नुभन्दा अगाडि जुन तयारी गर्नुपथ्र्यो, त्यो मैले देखिनँ । किनभने लकडाउन र त्यसपछि पनि मान्छेहरू मज्जाले घुमे । लकडाउन खोलेपछि हामीले के गर्नुपर्छ भनेर पर्याप्त मात्रामा तयारी भएन । लकडाउन खुलेपछि मान्छेहरू काठमाडौँ आए तर यहाँ आएर के के गर्ने भन्ने तयारी गरिएन । त्यसबारे व्यापक रूपमा सूचना गएन भन्ने लाग्छ । लकडाउन खोल्नुभन्दा पहिला एउटा तयारी हुनुपथ्र्यो । अर्को कुरा हामी कहाँ चुक्यौँ भनेर ध्यान दिइएन, अब के गर्नुपर्छ भनेर समीक्षा गरेको देखिएन ।

सबै सुरक्षित भए देशमा समस्या आउँदैन, रोजगारी सिर्जना हुने हो भन्ने सोच मानिसहरुमा किन किन आएन ? लकडाउन सुरु भएर अन्त्यसम्म हेर्दा जुन किसिमको नेपालीहरूको मनस्थिति देखेँ अन्तिम निक्र्यौल मैले अटेरीपन नै देखेँ, त्यसलाई कसरी समाधान गर्ने एउटा नीति नै चाहिने हो कि ? अरू देशले कसरी कसरी गरे यो बुझ्न अति आवश्यक भइसकेको छ ।

काठमाडौँ उपत्यकामा सङ्क्रमणदर बढिरहेको छ । सरकारले होम आइसोलेसनमा बस्न भनेको छ तर डेरामा बस्ने जनसङ्ख्या धेरै छ । आइसोलेसन सेन्टरहरूको पनि व्यवस्था छैन । सङ्क्रमित व्यक्तिका लागि आइसोलेसनको व्यवस्था नहुँदा बढ्ने जोखिमलाई तपार्इंले कसरी लिनुभएको छ ?

यो अलि व्यवहारिक प्रश्न हो । यसमा दुईवटा कुरा छ । राज्यले केही गरी अस्थायी रूपमा कतै आइसोलेसन सेन्टर खडा ग-यो र त्यहाँ राख्ने व्यवस्था भयो भने त्यो राम्रो कुरा हो । अर्को विकल्प मैले देखेको हामी इमानदार हुनुप¥यो । कोही व्यक्ति घरमै आइसोलेसनमा बसेको छ भने उसले प्रयोग गरेको सामान अरूले प्रयोग गर्नु भएन । घर भेन्टिलेसन भएको हुनुप-यो, ट्वाइलेट बाथरुम सफा गर्नुप-यो, परिवारका सदस्यसँग कुरा गर्दा दूरी कायम गर्नुप-यो । फेरि यहाँ इमानदारिताकै कुरा आउँछ । केही भएको छैन, केही हुन्न भनेर लापरबाही गर्नुभएन । कसैले देख्दैन भनेर चुरोट रक्सी खाने पनि होला, त्यसो ग-यो भने भयावह अवस्था पनि आउन सक्छ । स्वास्थ्य मापदण्ड पूरा गर्न सबैले इमानदार हुनैपर्छ । अर्को कुरा जुन सङ्क्रमितको घरमा आइसोलेसनमा बस्ने अवस्था छैन, बाध्यता परेकाहरूलाई लागि राज्यले छुट्टै व्यवस्था गरिदिनुपर्ने हुन्छ । अप्ठ्यारो परे पनि १४ दिनसम्म आइसोलेसनमा बस्नैपर्ने हुन्छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिहेको काम, व्यवस्थापन फितलो भयो भन्ने आलोचना पनि भइरहेको छ । यसलाई तपार्इंले कसरी मूल्याङ्कन गर्नुभएको छ ?

लकडाउन गर्नुभन्दा अगाडि जुन तयारी गर्नुपथ्र्यो, त्यो मैले देखिनँ । किनभने लकडाउन र त्यसपछि पनि मान्छेहरू मज्जाले घुमे । लकडाउन खोलेपछि हामीले के गर्नुपर्छ भनेर पर्याप्त मात्रामा तयारी भएन । लकडाउन खुलेपछि मान्छेहरू काठमाडौँ आए तर यहाँ आएर के के गर्ने भन्ने तयारी गरिएन । त्यसबारे व्यापक रूपमा सूचना गएन भन्ने लाग्छ । लकडाउन खोल्नुभन्दा पहिला एउटा तयारी हुनुपथ्र्यो । अर्को कुरा हामी कहाँ चुक्यौँ भनेर ध्यान दिइएन, अब के गर्नुपर्छ भनेर समीक्षा गरेको देखिएन ।

फेरि पनि लकडाउन गर्ने अवस्था त आउन सक्छ, फेरि पहिलाको जस्तै लकडाउन गरेर पनि काम छैन । अर्को कुरा परीक्षणको हो । परीक्षण नगरी कहाँ के भइरहेको छ भन्ने कुरा थाहा हुँदैन । स्वास्थ्य परीक्षण बढाउनुपर्ने अवस्था पनि छ तर परीक्षण आफैमा उपचार भने हैन । परीक्षण गर्दैमा सबै कुरा पुग्यो भनेर ढुक्क हुने कुरा चाहिँ होइन । मान्छेले पीसीआर पीसीआर भनेको सुन्छु तर बुझ्नै पर्ने कुरा, यो जुनबेला परीक्षण ग¥यो त्यतिबेलासम्मका लागि मात्र हो । अहिले पीसीआरको नतिजा नेगेटिभ आयो भनेर लापरवाह हुने, आवश्यक सावधानी नअपनाउने हो भने अहिले नेगेटिभ आउनेमा भोलि संक्रमण भएर पुनः पोजेटिभ आउन सक्ने सम्भावना सधैं रहिरहन्छ भन्ने कुरा भुल्नु भएन ।

तर यो कुरा मान्छेले बुझिरहेका छैनन् । पीसीआर परीक्षण कुनै पनि मान्छेमा तत्काल कोराना सङ्क्रमण छ कि छैन भनेर थाहा पाउने साधन मात्र हो, कोरोना संक्रमणलाई रोक्ने वा नियन्त्रण गर्ने उपाय वा समाधान हैन । मान्छेले कसरी बुझिरहेका छन् भने पीसीआर टेस्टमा मेरो रिपोर्ट नेगेटिभ आयो अब म ढुक्क भएँ भनेर त्यहाँ मान्छे कहाँ कहाँ पुग्छ थाहा हुँदैन । यो कुरा बुझाउन पनि अलिकति कमजोरी भएकै हो । यसपछि अस्पताल, स्वास्थ्य केन्द्रले जुन आफ्नो डुयुटी पूरा गर्नुपर्ने छ, त्यो त गर्नैप¥यो ।

Source ratopati

प्रतिकृया दिनुहोस्