आइतबार १२ मंसिर २०७८

काठमाडौँ : परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् । तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।

गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन । तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने सकेको छैन ।

उस्तै सोच्ने मान्छेहरुको लागि एउटा गतिलो उदाहरण हो कबिता राईको । यो खबर धनकुटा जिल्लाको हो ।आहा कस्तो राम्रो काम हाम्रै नेपाल अर्थात धनकुटा घर भई धरान बस्दै आएकी कविता राई भने फरक किसिमकी छिन ।

जो अपाङ्ग श्रीमानको पालन पोषणका लागि रिक्सा अर्थात् सिटी सफारी चालक छिन । श्रीमान को जन्म जात नै एउटा खुट्टा छैन मैले नै उहाँलाई पाल्दै आएको छु उनले भनिन । धनकुटा रहँदा नै विवाह भएकी उनी आफ्नो परिवार धान्नका लागि सहर आईन ।

धरान आएपछि के गर्ने कसो गर्ने उनले केही सोच्नै सकिनन । उनले आफैले जसोतसो एउटा सिटी रिक्सा किनिन र आफैले चलाउन थालिन । बजारको प्रतिस्पर्धामा आएपछि उनमा आफ्नो कमाइप्रति गौरव गर्ने भावना रसमाजको सम्मान दुवै थपिएको छ ।

अहिले रिक्सा चलाएर परिवार धान्न सक्दा उनी आफुलार्ए खुसी लागेको कुरा सुनाउछीन । अहिले उनको घरमा उनी र श्रीमान सँगै एउटा छोरी पनि छन् उनको पढाइ खर्च र श्रीमान पाल्न रिक्सा चलाएकै भरमा पुगेकै छ उनले बनाउ छीन ।

अलि अलि बचत पनि गर्ने गरेको छु । उनले भनिन् । पुरूषले मात्र सवारी साधन चलाउन सक्छन् भन्ने सोंच भएका र श्रीमानको कमाइमा मात्रै बाँच्ने महिलाका लागि यो गतिलो उदाहरण उनले पनि ठानेकी छिन् पहिला पहिला त केही गर्न सक्दिनँ कि जस्तो लाग्थ्यो

३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया