आइतबार १२ मंसिर २०७८

सौता भन्ने शब्द महिलाहरुलाई पटक्कै मन पर्दैन । महिलाहरु विवाहपछि घरमा धेरै दुःख सहेर बसेका उदाहरणहरु छन् । महिलाहरु निकै सहनशील हुन्छन् तर विवाहित महिलाले सहनै नसक्ने कुरा हो, सौता उनीहरु अरु धेरै कुरा सहन सक्छन् तर आफ्नो श्रीमानलाई अरु कसैसँग बाँड्न पटक्कै तयार हुँदैनन् । तर एक २२ वर्षका युवकका तीन श्रीमतीहरुले भने चौथी सौताको खोजी गरिरहेको गल्फ टुडेले खबर छापेको छ ।

पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा अदनान नामका यी पाकिस्तानी युवकले २२ वर्षको उमेरसम्म आइपुग्दा तीन बिहे गरिसकेका छन् ।

र, अब उनका तीन श्रीमतीहरु मिलेर चौथी सौता खोज्दैछन् । उनका तीनैवटी श्रमिती उनीसँगै छन् । पाकिस्तानको सियालकोटका अदनानको चर्चा अहिले विदेशसम्म पुगेको छ, मुस्लिम समुदायमा १ भन्दा धेरै विवाह गर्नु कुनै नौलो कुरा होइन तर श्रीमतीले नै आफ्नी सौता खोज्नु भने निश्चय पनि अनौठो कुरा हो ।

अदनानले पहिलो बिहे १६ वर्षको उमेरमा गरेका थिए । दोस्रो श्रीमतीसँग २० वर्षमा र अर्कीसँग २१ वर्षको उमेरमा बिहे गरेका हुन् । अदनानकी श्रमितीहरुको नाम शुंभाल, शुबाना र शाहिदा हो । अहिले यी तीनैजना सौता मिलेर चौथी सौताको खोजी गरिरहेका छन् र छ ।*

अदनानका २ श्रीमतीका सन्तान पनि छन् । जेठी श्रीमती शुंभालका ३ र माइली श्रीमती शुबानाका दुई सन्तान छन् । शुबानाको एउटा बच्चालाई कान्छी शाहिदाले आफ्नो मानेकी छिन् । अदनानका तीन श्रीमतीहरुले उनीमाथि सबै श्रीमतीहरुलाई पूरा समय दिन नसकेको आ-रोप भने लगाउँछन् तर तीनैवटीले अदनान र बच्चाहरुको ख्याल गछृन् । अदनान तीनैजना श्रीमतीलाई प्रेम गर्छन् । उनको घरको एक महिनाको खर्च डेढ लाख पाकिस्तानी रुपैयाँ हुने समाचारमा उल्लेख छ

काठमाडौँ : परीक्षा हुनु केही दिनअघिदेखि नै विद्यार्थीहरू तयारीमा लाग्छन् । पढाइको तयारी मात्रै होइन, व्यक्तिगत पोशाकका कुरादेखि लेख्ने सामग्रीसम्मको जोहो गर्छन् । तर भारतको गुजरातमा एक महिला विवाहका दिन बेहुलीकै पोशाकमा परीक्षा हलमा प्रवेश गरेको पाइएको छ ।

गुजरातको राजकोटमा विवाहकै दिन परीक्षा समयमा ती महिला कलेज पुगेकी थिइन् । परीक्षा दिइसक्ने बित्तिकै उनले विवाह मण्डपमा बस्ने समय मिलाइएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार शिवांगी नामक ती महिला स्नातक तहकी विद्यार्थी हुन् । उनले बिहान परीक्षा दिएर दिउँसो बिहे गर्नुपर्ने थियो, त्यसैले उनी बिहानै बेहुलीको पोशाक लगाएर परीक्षा हलमा आएकी थिइन् ।

शिवांगीले भनिन्, ‘मेरो बिहेको मिति तय हुँदा परीक्षाको तालिका आएको थिएन । अब मेरो भाग्य नै यस्तो रहेछ, बिहे हुने दिन नै परीक्षा हुने भयो । त्यसैले मैले परीक्षा पनि दिने र बिहे पनि गर्ने निर्णय लिएँ ।’

६० पटक हेरिएको

तपाईको प्रतिक्रिया