बिहिबार १६ मंसिर २०७८

काठमाडौँ– अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले सांसदसमेत रहेका नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रामकुमारी झाँक्रीलाई पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउने तथा सरकारको बदनाम गराउन गुटगत भेला गरेको निष्कर्ष निकाल्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

यस्तै बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्द सूचीमा रहेको नाम हाटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार प्रधानमन्त्रीलाइ प्रत्यायोजन गरेको छ।

बैठकले पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाई, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरेको छ।

यस्तै अदालत निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै काम पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले संसदीय दलको विधान पनि अनुमोदन गरेको छ।बैठकमा पार्टीको महाधधिवेशन, कार्यविभाजन, स्थायी कमिटी पुनर्गठनलगायतका एजेन्डामा छलफल भएको थियो।

etajakhabar

२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया