Friday, October 30

शरीरका विभिन्न अङ्गहरूमा पीडा र दुखाईको कारण के हुन? हेरनुहोस

August 14, 2020 238

शरीरका विभिन्न अङ्गहरूमा पीडा र दुखाईको कारण जहिले पनि भित्री बिरामी नै हुन्छ भन्ने छैन। कहिलेकाहिँ हाम्रै बेहोसी बानी र व्यवहारकै कारण पनि विभिन्न अङ्गमा दुख्ने वा सुन्निने हुन सक्छ।आज हामी तपाईँहरूलाई बताउन गैरहेका छौँ कि यस्ता केहि रोचक कारणहरू चन्, जसको कारण तपाईँका विभिन्न अङ्गमा दुखाई हुने गर्दछ-

१. पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई
कहिलेकाहिँ तपाईँले लगाउने चप्पल अथवा जुत्ताको कारण पनि पाइतला, कुर्कुच्चा र घुँडाको दुखाई भोग्नुपरेको हुन सक्छ। यदि चप्पल अथवा जुत्ताको सोल गिलो फोमबाट बनेको छ भने पाइतलालाई राम्रोसँग सपोर्ट गर्ने आधार नमिल्न सक्छ, जसको कारण घुँडामा बढी दवाव पर्न जान्छ। हिलवाला जुत्ता लगाउने बानी नभएका महिलाहरूले हिल जुत्ता लगाउन सुरु गर्दा पनि यस्तो दुखाईबाट गुज्रिनुपर्ने हुन्छ। त्यसैले जुत्ता-चप्पल छान्दा आफूलाई सहज र आरामदायी हुने खालको छान्नुपर्दछ।

२. हातका औँलाको जोर्नीहरूको दुखाई
धेरै औँला पड्काउने बानी हुने व्यक्तिहरूले महशुस गर्नुभएको होला कि, कहिलेकाहिँ जतिसुकै औँला पड्काउँदा पनि चित्त बुझ्दैन, अझै पड्काऊँ जस्तो लागिरहन्छ। यस्तो बानी हुनेहरूलाई औँलाका जोर्नीहरू दुख्ने समस्याले सताउन सक्दछ। त्यसका साथै दिनैभरी कम्प्यूटरमा टाइप गरिरहने र जतिबेला पनि मोबाइलमा च्याट गरिरहने व्यक्तिलाई पनि यस्तो दुखाई हुन सक्दछ।Finger Joints Pain

यदि औँलाका जोर्नीहरू दुख्न थालेको छ भने एकछिन औँलालाई आराम दिनुहोस् र राति सुत्नेबेला मनतातो नुनपानीमा डुबाएर मालीस गर्नुहोस्।

३. पिठ्यूँ र कम्मरको दुखाई
अधिकांश पुरुषहरूको आफ्नो जिन्स पेण्टको पछाडि खल्तीमा पर्स राख्ने बानी हुन्छ। यसरी कसिलो जिन्समा पर्स राखेर उठ्ने-बस्ने गर्दा पिठ्यूँमा अनावश्यक दुखाई उत्पन्न हुन सक्दछ। त्यसका साथै महिलाहरूले धेरै कसिलो जिन्स पेण्ट लगाउँदा पनि उनीहरूको कम्मर र पिठ्यूँमा दुख्ने हुन सक्छ। यदि त्यस्तो बानी छ भने लामो समयसम्म बस्ने बेलामा खल्तीबाट पर्स झिक्ने गर्नुपर्दछ। अथवा धेरै टाइट जिन्स नलगाउँदा पनि यस्तो समस्याबाट बच्न सकिन्छ।Hip Pain

४. काँध र गर्धनको दुखाई
दिनैभरी अफिसको कुर्सीमा बसिराख्नुपर्ने व्यक्तिहरूलाई काँध र गर्धन दुख्ने समस्याले सताउने गर्दछ। त्यसका साथै सवारी चालकहरूलाई पनि यो समस्याले ग्रस्त बनाएको हुन सक्छ। यसको मूख्य कारण भनेकै बस्ने स्थिती हो। कुर्सी वा चालकको सिटमा बस्दा अधिकांशले ढाडलाई कुप्र्याएर बस्ने गर्दछन्, जसले गर्दा मेरुदण्डको मांशपेसीमा अनावश्यक दवाव पर्न गई त्यससँग जोडिएका काँध र गर्धनमा दुख्न थाल्दछ। निहुरिएर बस्दा आनन्द हुन्छ, तर यस्तो बानीले मस्तिष्कमा समेत असर पुग्न सक्दछ। त्यसैले लामो समयसम्म कुर्सीमा बस्दा ढाडलाई सीधा तन्काएर पछाडि आड लगाएर बस्नुपर्दछ।

५. बोक्सीको टोकाई
अझै पनि कतिपयको यो अन्धविश्वास छ कि राति सुतेर विहान उठ्दा शरीरको कुनै भागमा देखिने दाँत अथवा अन्य कुनै आकारको डामलाई ‘बोक्सीले टोकेको’ भन्ने गर्छन्। वास्तवमा त्यो डाम कुनै बोक्सीको टोकाई होइन, त्यो त राति सुत्दा कुनै साह्रो (ठोस) वस्तुको दवावले पर्न गएको डाम हो। घडी लगाएर सुत्ने बानी छ भने त्यस्ता व्यक्तिलाई अधिकांश रातमा ‘बोक्सीले टोक्ने’ गर्दछ। गह्रौँ खालको सिरक ओढेर सुत्दा, जिन्स पेण्ट अथवा अन्य कसिलो लुगा लगाएर सुत्दा पनि बोक्सीले टोक्ने गर्दछ।

फेरि यसरी ‘बोक्सीले टोकेको’ दुखाई चाँडै निको हुने गर्दैन, किनभने राति लामो समयसम्म ठोस वस्तुको दवावले रक्तनशा र तन्तूहरूलाई निष्क्रिय बनाइदिएको हुन्छ।

यदि यस्तो समस्याबाट गुज्रिरहनुभएको छ भने एकपटक आफ्नो सुत्ने स्थिती र बानीलाई परिवर्तन गरेर हेर्नुहोस्। राति सुत्दा हलुका र खुकुलो लुगा लगाएर सुत्नुहोस्। अझै कुनै पनि लुगा नलगाई सुत्दा हाम्रो मनस्थिती र निन्द्राको गुणस्तरमा सुधार आएको महशुस गर्न सक्नुहुन्छ। त्यसै गरी चस्मा, घडी, पेटी र घाँटीको माला लगाएर सुत्ने बानी छ भने पनि त्यसलाई हटाउँदा ‘बोक्सीले टोक्ने’ समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ।

nepali samachar

प्रतिकृया दिनुहोस्