बिहिबार ३० बैशाख २०७८

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा गौतमले ऋषि कट्टेलको माग मात्र संवोधन हुने गरी सर्वोच्चको फैसला आएको एमाले कहिल्यै एक हुन सक्दैनथ्यो भन्दै त्यो फैसलाले एमाले अस्तित्वमा आउँदा आफू खुसी भएको बताए।

उनले भने, ‘२३ गतेको फैसलाले म खुसी भएर स्वागत गरेँ। पार्टी राजनीतिक रुपमा व्यवहारिक रुपमा फुटेको थियो।

निर्वाचन आयोगले फुठाउन नसकेको मात्र थियो। सर्वोच्चले ऋषि कट्टेलको मागलाइ मात्र सम्बोधन गरेर नाम मात्र फेरेको भए नेकपाको न एकता न विभाजन हुन्थ्यो। सर्बोच्चको फैसलाले नेकपा एमाले व्युँतियो र एकबद्ध हुने स्थिति बन्यो। तसर्थ यो फैसला एतिहासिक छ।’

गौतमले पुस ४ गते प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीचको वार्तामा आफू साक्षी रहेको भन्दै त्यो वार्ता दाहालको कमजोरीका कारण असफल भएको बताए।

उनले आफू पार्टीको विघटन रोक्नका लागि प्रयत्नशील भएको र त्योबीचमा दाहालले गरेको थुप्रै प्रस्तावहरु आफूले रोकिदिएको दाबी गरे

तर ओलीले संसद विघटनको तयारी गरेको र अर्को समूहले अविश्वासको प्रस्तावको तयारी गरेको बारे आफूलाई थाहा नभएको बताए। यदि त्यस्तो आफूले थाहा पाएको भए आफूले रोक्ने उनले बताए।

गौतमले सर्वोच्चको फागुन ११ गते आएको संसद पुनर्स्थापना गर्ने फैसलाले आफू खुसीले मातिएको र पछि निरास भएको सुनाए।

उनले भने, ‘पछि मैले प्रधानमन्त्रीलाई राजीनामा दिनुस् भनेँ उहाँले दिनु भएन तर पार्टी एक बनाउछु भन्दा खुसी भएर अंकमाल गरेर फर्केँ। जे होस पार्टी एक बनाउन लागौँ।’

संसदीय दलको बैठकपछि गौतम आफू उपचारका लागि जाने भन्दै केन्द्रीय कमिटीको बैठकमा नबसी निस्किएका छन्।

etajakhabar

१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया