सोमबार ०७ आषाढ २०७८

काठमाडौं। नेपाल दक्षिण एसियाकै खुशि मुलुक घोषित भएको छ । राष्ट्रसंघीय दिगो विकास परियोजनाले सार्वजनिक गरेको सन् २०२१ को खुशि देशहरुको सूचिमा नेपाल ८७ औं स्थानमा परेको हो ।

राष्ट्रसंघले कोरोनाभाइरस महामारीपछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १४९ देशलाई सूचिकृत गरेको हो ।

कूल गार्हस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

जसअनुसार नर्डिक मुलुक फिनल्यान्ड यसपटक पनि विश्वकै सबैभन्दा खुशि मुलुकको रुपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुशि मुलुकको रुपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुछारमा छ ।

छिमेकी मुलुक भारत १४४ औं स्थानमा छ । भारत नेपाल, बंगलादेश र पाकिस्तानभन्दा तल छ । उत्तरी छिमेकी मुलुक चीन नेपालभन्दा दुई स्थान माथि छ । सन् २०१९ मा नेपाल एकसय स्थानमा थियो ।

नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशि मुलुक बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशि हुने मुलुक बनेको थियो ।

खुशी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया छन् ।

sunaulonepal

१४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया