Monday, October 19

यी आमालाई सलाम, जसले बाटोमा मकै पोलेरै बेचेरै बनिन् करोडपति ! कामको सम्मान स्वरूप एक लाईक एकशेयर गरौ !!

August 14, 2020 127

काठमाडौँ । बाटोमा मकै पोलेर बेच्ने पनि करोड हुन्छन् र ? भन्ने जिज्ञासा आम मानिसमा पर्न सक्छ । तर बाटोमा करिब २२ बर्ष देखि मकै पोल्दै बेचेर करोडपति बनेकी छिन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ५३ बर्षिय अम्बिका न्यौपाने । अम्बिकाको पुरानो घर दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ रामकोटमा हो । उनि आफुले गरेको पेसा अर्थात ब्यवसाय बारे भन्छिन्, मैले बाटोमा मकै पोलेर बेच्न थालेको २२ बर्ष भन्दा बढि भयो, मेरो काठमान्डौं काँडाघारी हरहरमहादेब नजिकै घर छ ।

अम्बिकाको घरमा दुई छोरा र एक छोरी छन् । उनि आफु बिगत नसम्झने बताउँदै श्रीमान्ले छोडेको २६ बर्ष भएको बताउँछिन् । अम्बिकाको श्रीमान्ले २५ बर्षको उमेरमा छोडेर कान्छि श्रीमति ल्याएर अन्यत्र बसेको उनको भनाइ छ ।

श्रीमान्ले कान्छि श्रीमति लिएर आफुलाई छोडेपछि आफुले निकै कष्टपुर्ण जिबनयापन निर्बाह गरेको बताउँछिन् ।

प्रतिकृया दिनुहोस्