बिहिबार १६ मंसिर २०७८

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले ओली पक्षका नेता कर्ण थापाले भीम रावल र रामकुमारी झाँक्री प्रवृत्तिको एमालेमा कुनै पनि स्थान नभएको बताएका छन् । सुनौलो नेपालसँगको कुराकानीका क्रममा उनले एमालेमा यस प्रवृत्तिको स्थान नभएकोले दुवै जनालाई पार्टी छोडेर जान आग्रह पनि गरेका हुन् ।

images
images
थापाले भने ‘झाँक्री र रावलको प्रवृत्ति एउटै हो, उनीहरुको काम नै लगातार विरोधमात्र गर्ने हो । रावलजीले केपी ओलीको त्यत्रो विरोध गर्नुभयो पुनः उहाँ अध्यक्ष म उपाध्यक्ष भन्नुहुन्छ । उहाँको कुन कुरा पत्याउने ? यस्तो अवस्थामा उहाँहरुलाई हामीले कसरी पत्याउने ?’

थापाले तत्कालीन नेकपामा भएको विवाद एमालेमा ल्याएर खनाल–नेपाल पक्षले झन् भद्रगोल बनाएको आरोप पनि लगाए । उनले खनाल–नेपाल पक्ष अन्त्यमा माओवादी केन्द्रमा गएर मिल्ने दाबी पनि गरे ।

 

हेर्नुहोस् भिडियो : ?

sunaulonepal

६२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया