Wednesday, October 21

प्रधानमन्त्री ओलीको बारेमा अपबाह स्टाटस लेख्ने पक्राउ

August 14, 2020 66

काठमाडौं । सामाजिक सञ्जालमा अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न भारतले सार्पसुटर खटाएको छ’ भन्दै फेसबुकमा स्टाटस लेख्ने सुनिल शर्मा भन्ने व्यक्ति महानगरीय प्रहरी परिसरकाे टोलीले पक्राउ गरेकाे हाे ।

आफूलाई पत्रकार दावी गर्दै भारतीय मिडिया आजतकको नेपाल ब्यूरो प्रमुख र विश्व हिन्दू महासंघको आजीवन बताउदै आएका बिराटनग घर भएका ५४ वर्षीय शर्मालाई बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

परिसरको टोलीले शर्मालाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका शर्माविरुद्ध साइबर अपराधमा अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ । ·

प्रतिकृया दिनुहोस्