बिहिबार १६ मंसिर २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगेका छन् । तथापि, उनी शत प्रतिशत फिट रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताइन् ।

एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएका थिए । पहिलो पटक चिप्लिएर उठ्ने कोसिस गरेका उनी फेरि चिप्लिएर लडेका थिए ।

तर, उनलाई कुनै चोट पटक नलागेको प्रेस सेक्रेटरी करिनले जानकारी दिएकी छिन् । राष्ट्रपति बाइडेन ७८ वर्षका भए । उनी शारीरिक रुपमा भने तन्दुरुस्त छन् ।

news18nepal

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया