बिहिबार १६ मंसिर २०७८

एक ब्यक्तिले आफू प्रमुख जिल्ला अधिकारी भएको भन्दै बिभिन्न ब्यक्तिसँग ब्यवहार गर्दै आइरहेका थिए । दुई बर्ष पहिले उनले आफू दैलेखको सहायक सिडियो बताएका थिए । अहिले भने उनी प्रहरी कहाँ पुगेका छन् ।

ती ब्यक्ति आफु सिडिओ र प्रमुख प्रशासकीय अधिकृत भएको भन्दै ठगी गर्ने गर्दथे । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले उनलाई पक्राउ गरेको छ ।

ती ब्यक्ति जाजरकोटको छेडागाढ नगरपालिका२ डेढकुला स्थायी घर भएका २७ वर्षीय दिपक बुढा हुन् । नक्कली सिडियोलाई बिहीबार वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

उपत्यका अ प रा ध महाशाखाको आग्रहमा उनलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो । नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महाशाखाले उनीमाथि अनुसन्धान अघि बढाएको थियो ।

पहिले आफूलाई सिडियो भन्ने ब्यक्ति पछि स्थानीय निकायको नक्कली प्रमुख प्रशासकीय अधिकृत बनेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिरेका थिए । यो नाम गरेको गाउँपालिका नै छैन ।

बुढा दुई वर्षअघि दैलेखको सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा पनि पक्राउ परेका थिए । प्रहरीका अनुसार उनलाई कहिले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत त कहिले सहायक प्रमुख जिल्ला अधिकारी हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘जाहेरी काठमाडौंमा परेकाले अड्डासार गरेर काठमाडौं पठाइने छ ।’ सरकारी यूनिफर्म लगाएरै उनले ठग्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बुढाको साथबाट सरकारी परिचयपत्रका साथै भ्याली काठमाडौं टेलर्स र न्यू फेसन टेलर्स सुर्खेतमा सिलाउँदै गरेका सरकारी पोशाक बरामद गरेको छ ।

२२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया