२९ साउन काठमाण्डौं । नेपालमा आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा धनुषा, महोत्तरी, अछाम र मोरङका १÷१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार आज मृत्यु भएको पृष्टि भएकामा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको साउन २५ गते रामजानकी अस्पतालमा मृत्यु भएको छ । उनी क्षयरोग तथा मधुमेहको विरामी रहेका थिए ।
धनुषाको मिथिला नगरपालिका वडा नं ७ ढल्केवरकी ८५ वर्षीया महिलाको साउन २८ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको छ ।
अछामको रामारोशन गाउँपालिका वडा नं ५ का १८ वर्षीय युवकको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमामा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगका विरामी रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मोरङको विरानगर महानगरपालिका वडा नं ३ मका ५७ वर्षीय पुरुषको साउन साउन २८ गते कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुधमेह र उच्च रक्तचापको विरामी रहेको बताइएको छ ।
हाल सम्म कुन प्रदेशमा कतिजनाको मृत्यु भयो त ?
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ । प्रदेश २ मा २८ पुरुष र ११ महिला गरी २९ जना, दोश्रोमा बाग्मति प्रदेशमा १३ पुरुष ५ महिला गरी १८ जना, प्रदेश ५ मा ९ पुरुष ३ महिला गरी १२ जना, प्रदेश १ मा पुरुष ८ महिला, सुदूरपश्चिम प्रदेशमा ५ पुरुष र ३ महिला गरी ८ जना, गण्डकी प्रदेशमा ६ पुरुष र कर्णाली प्रदेशमा ४ पुरुष गरी हालसम्म ९५ जनाको मृत्यु भएको हो । जम्मा पुरुष ७३ जना र महिला २२ जना रहेका छन् ।
नेपालमा आजपनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ९१ पुग्यो
Source sansarnews
प्रतिकृया दिनुहोस्